Comments Add Comment

दूतावासको सहयोगमा मलेसियाबाट ३५ नेपाली स्वदेश फर्किए

रामचन्द्र नेपाल

९ असार,  क्वालालम्पुर । मलेसियाको डिटिन्सन क्याम्प (घर फिर्ति केन्द्र) मा रहेका ६ सय ४६ जना नेपाली मध्ये ३५ जना नेपाली स्वदेश फर्किएका छन् । उनीहरु नेपाली दूतावासको सहयोगमा शनिवार निशुल्क स्वदेश फर्किएका हुन् । विभिन्न कारणले अलपत्र भई जेल परेका मध्ये कसुर पूरा गरी डिटिन्सन क्याम्प (घर फिर्ति केन्द्र) मा रहेका तथा चरम आर्थिक अभावले नेपाल फर्कन हवाई भाडा जुटाउन नसकी बसेका ३५ जनालाई नेपाल पठाइएको हो ।

इम्रिगेसन डिटेन्सन क्याम्प मलक्कामा रहेका ३५ जना नेपालीहरुलाई पहिलो पटक उद्दार गरी नेपाल पठाइएको हो ।  यसैगरी इगि्रगेशन डिटिन्सन क्याम्प लिङकिनमा रहेको ३५ जना नेपालीहरुलाई आगामी असार १५ मा नेपाल फर्काउने तयारी नेपाली दूतावासले गरिरहेको छ । वैदेशिक रोजगार प्रवर्द्धधन केन्द्रवाट प्राप्त भएको २० लाख रुपैयाँ मध्येवाट अलपत्र परेका नेपालीहरुलाई स्वदेश फिर्काउन थालिएको हो । ‘

आर्थिक अभावले कोही पनि क्याम्पमा बसिरहन नपरोस भनेर विभिन्न पहलहरु गरिरहेका छाैँ, छलफल चलिरहेको छ , मलेसियाका लागि नेपाली राजदुत डा.निरन्जनमानसिंह वस्न्यातले भने ।’  मलेसियाको डिटिन्सन क्याम्पमा केही समय अगाडि सम्म ६ सय ४६ जना र जेलमा ३ सय ९९ जना नेपालीहरु रहेको तथ्यांङ सार्वजनिक भएको थियो ।

नेपाली दूतावासले नेपाली नागरिकहरुको समस्या समाधानार्थ सहयोग गर्ने सम्वन्धित सरकारी तथा गैरसरकारी निकायहरुलाई हार्दिक धन्यवाद दिँदै आगामि दिनहरुमा पनि सहयोगको अपेक्षा राखेको प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment