Comments Add Comment

तपाईको रोजाइमा माधव नेपाल कि केपी ओली ?

Kp- Madhav nepal

नेकपा एमालेको नवौं महाधिवेशनबाट नयाँ अध्यक्ष बन्न बरिष्ठ नेताद्वय केपी शर्मा ओली र माधवकुमार नेपालबीच केही महिनायता जुँगाको लडाइँ चलिरहेको छ । दुईवटा गुटमा विभक्त एमाले नेता-कार्यकर्ताहरु एक अर्कालाई खुइल्याउनसमेत पछि परेका छैनन् ।

असार १९ देखि हुन लागेको महाधिवेशनका लागि देशभरबाट छानिएका प्रतिनिधिमा समेत दुबै गुटको अलग दाबी छ । दुई नेता चुनावी मैदानमा उत्रेका बेला वर्तमान अध्यक्ष झलनाथ खनालले भने कसैको पक्षमा मुख खोलेका छैनन् ।

यसै सन्दर्भमा एमालेको नयाँ अध्यक्षका रुपमा कसलाई अघि सार्दा राम्रो होला ? नेताद्वय ओली र नेपालमध्येबाटै अध्यक्ष बनाउनु बेस या तेस्रो व्यक्तिमा जाँदा राम्रो होला ? अनलाइनखबर जनमतमा आफ्नो मत व्यक्त गर्नुहोला । तपाई एमालेको नवौं महाधिवेशनबाट कसलाई अध्यक्षको कुर्सीमा देख्न चहानुहुन्छ ?

१) माधवकुमार नेपाल

२) केपी शर्मा ओली

३) अन्य कोही (नाम दिनुहोला)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment