Comments Add Comment

‘कम्युनिस्ट बाहुन’ ले जित्ने ठाउँमा कृष्णगोपाल किन हारे ?

Saroj-mohan-lamaसरोज मोहन लामा

काठमाडौं २ मा सम्पन्न उपनिर्वाचनमा एमालेका कृष्णगोपाल श्रेष्ठ पराजित भएका छन् । हार्नुका कारणहरु धेरै हुन सक्छन् । तर, यहाँ प्रमुख रुपमा हारका मुख्य तीन कारण प्रस्तुत गरिएको छ-

पहिलो कारण : गुटबन्दी वा समूहबन्दीे । गुटबन्दी पार्टीकै हितको लागि भनिएता पनि खासगरी व्यक्तिगत लाभको पद, पैसा, प्रतिष्ठा र प्रगतिका लागि मात्रै गरेको जस्तो देखिन्छ वा हुन्छ । बिशेषगरी गुटबन्दी वा समूहबन्दी समग्र जनता र पार्टीको लागि भन्दा पनि कुनै व्यक्तिका लागि यो एउटै वा एकै पार्टीभित्रका कर्यकर्ता वा नेताहरुविचमा विभिन्न प्रकारका सौदाबाजी, मोलमोलाई, शर्तहरु गरी हुँदोरहेछ वा बन्दोरहेछ ।

यस क्षेत्रमा पनि नवौं महाधिबेशनको संघारमा उपनिर्वाचन भएर त्यसको असर पर्‍यो । यस क्षेत्रको उपनिर्वाचनमा खटिने नेता कार्यकर्ताहरुमा माधव नेपाल गुट र के.पी.शर्मा ओली गुट भनी खुल्लाम खुल्ला विभाजित नभए पनि भित्री रुपमा विभाजित थियो ।

दोस्रो कारण : क्षेत्रीयता वा स्थानीयता । आˆनै ठाउँ वा स्थानीयता भए सहयोग सबै ठीक, तर अर्को क्षेत्र वा स्थानको भए सबै बेठीक भन्ने मनोभावना यदि आउँछ भने त्यो क्षेत्रीयताकै मनोभावनाले आउँछ । त्यसोहुँदा जति नै अरुलाई क्षेत्रीयताको कुरा उठाउन हुन्न भन्ने उपदेश दिए पनि सो व्यक्तिको मनमाचाहिँ क्षेत्रीयताको बास बसेको देखिन्छ ।

यद्यपि यो क्षेत्रमा पहिलो संविधान सभाको निर्वाचनमा काठमाण्डौ भन्दा बाहिरका उमेद्वारले समेत विजय हासिल गरेका थिए । त्यो बेलाको राष्ट्रिय माहोल नै सोही विजय हासिल गरेको पार्टीको थियो । फेरि दोस्रो संविधान सभाको निर्वाचनमा भने राष्ट्रिय माहोल र नेकपा एमालेको उमेद्वारको उच्च कद पनि एउटा विजयको कारण भएको सहजै अनुमान गर्नसकिन्छ ।

हालको उपनिर्वाचनमा यस क्षेत्रमा नेकपा एमाले पार्टीको उमेद्वारलाई टुरिष्ट उमेद्वार वा बाहिरिया उमेद्वार भनी चरम रुपमा क्षेत्रीयता वा स्थानीयताको कुरा उठाई आलोचना गरियो ।

तेस्रो कारण : जातीयता । स्वीकार गर्न गाह्रो पर्ला, तर सत्य त्यही हो । जति नै नेकपा एमाले पार्टी कम्युनिष्ट बामपन्थी पार्टी हो र यो पार्टीको प्रमुख लक्ष्य जनताको बहुदलीय जनवाद, समाजवाद हुँदै साम्यवाद भनिए व्यवहारतः अलि फरक देखियो ।

यो पार्टी खाली वर्गीयताको पक्षधरतामा मात्रै रहन्छ वा वकालत गर्छ भनिएता पनि भित्रभित्रै नदेखिने ढंगले संकुचित जातीयताको प्रभाव नराम्रोसँग परेको देखियो ।

मानशास्त्रीय वा समाजशास्त्रीय दृष्टिकोणअनुसार मानवमा एउटा गुण हुन्छ जुन गुणले आˆनो बंश वा आˆनो रगत वा जिन्लाई नै बढी माया र सुरक्षा गर्दछ । यो क्षेत्रमा विजयी भएका पार्टी र उमेद्वारको विश्लेषण गर्ने हो भने ०४६ सालपछिको निर्वाचन वा उपनिर्वाचनहरुमा विजय भएका व्यक्तिहरु जातको हिसाबमा नं. ब्राह्मण नं १ मदनकुमार भण्डारी, ब्राह्मण नं. २ मनमोहन अधिकारी, ब्राह्मण नं. ३ नारायण ढकाल, ब्राह्मण नं. ४ प्रदीप नेपाल, ब्राह्मण नं. ५ झक्कु सुवेदी र ब्राह्मण नं. ६ माधवकुमार नेपाल रहेका छन् । अहिलेको उपनिर्वाचनमा नेपाली काँग्रेसका दीपक कुईकेल निर्वाचित भए, उनी पनि ब्राह्मण नै हुन् ।

एमालेको पार्टी केन्द्र (स्थायी समिति) को निर्णय नै त्रुटीपूर्ण बलजफ्तीपूर्ण, एकतर्फी, आत्मकेन्दि्रत एवं जनवादलाई लत्याउने खालको देखियो । क्षेत्रीय कमिटीले क्षेत्रकै नेताको नाम सिफारिश गरेकै हो । ती नामहरु जिल्ला कमिटी, उपत्यका समन्वय कमिटी हुँदै केन्द्रीय कमिटी र स्थायी समितिसम्म पुगेको स्थितिमा पनि विचार नपुर्‍याइएको परिणाम बन्न पुग्यो यो पराजय ।

अन्य कारणहरु तपशीलका विषयहरुमात्र हुन् । जस्तो अघिल्लो निर्वाचित उमेद्वारले दिएका बचनहरु पुरा गरेनन् होला, जनताका ईच्छा, आकांक्षा अनुसार काम गरेनन् होला, धेरै असन्तुष्टिहरु थिए होलान् । ती सबै तपशीलका विषयहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment