Comments Add Comment

ललितपुर ‘पूर्ण साक्षर जिल्ला’ घोषित

९ असार, ललितपुर । ललितपुर जिल्ला पूर्ण साक्षर जिल्ला घोषणा भएको छ । शिक्षामन्त्री चित्रलेखा यादवले ललितपुरलाई पूर्ण साक्षर जिल्लाको घोषणा गर्नुभएको हो ।

औपचारिक घोषणाका हिसाबले ललितपुर मुलुकको पहिलो साक्षर जिल्ला हो तर, यसअघि यही असार २ गते सिन्धुपाल्चोक जिल्ला शिक्षा कार्यालयले पत्रकार सम्मेलन गरी आफू पहिलो साक्षर जिल्ला भएको जनाएको थियो ।

सिन्धुपाल्चोकले असार १२ गते राष्ट्रपतिलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरी पहिलो साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रम रहेकामा शिक्षामन्त्रीले त्यसअघि नै ललितपुरमा कार्यक्रम राख्न समय दिएका हुन् । मन्त्री यादवले मुलुकमा अझै ३१ लाख नागरिक निरक्षर रहेको जनाउँदै उनीहरुलाई आगामी वर्षसम्ममा साक्षर बनाउनु सबै सरोकार भएकाहरुको दायित्व रहेको बताए ।

जिल्ला शिक्षा अधिकारी शिवकुमार सापकोटाले कुल जनसङ्ख्याको ९५ प्रतिशतले सामान्यरुपमा लेखपढ गर्न सकेमा पूर्ण साक्षर बनाउन पाउने मान्यताअनुरुप जिल्लालाई साक्षर घोषणा गरेको बताए । उनका अनुसार चार लाख ६८ हजार जनसङ्ख्या रहेको सो जिल्लामा अहिले ९९ दशमलव २ प्रतिशत नागरिक साक्षर छन् । सरकारको साक्षरता अभियानमा नै पाँच वर्षमाथिका र ६० वर्षमुनिका नागरिकलाई समावेश गराउने उल्लेख छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment