Comments Add Comment

बायोमेट्रिकका लागि मलेशियाले ३८ स्वास्थ्य संस्था छान्यो

Maleshia
१० असार, काठमाडौं । मलेसियन सरकारले बायोमेट्रिक सफ्टवेयर प्रणालीका नेपालका ३८ वटा  स्वास्थ्य संस्था छनौट गरेको छ । मलेसियाले आफ्नो मुलुकमा आउने कामदारहरुका लागि बायोमेट्रिक सफ्टवेयर प्रणालीमार्फत स्वास्थ्य चेकजाँच हुनुपर्ने व्यवस्था गरेको छ ।

मलेसियाले अमिताभ बुद्ध मेडिकल सेन्टर, एक्यूलिटी हेल्ट केयर एन्ड डाइनोष्टिक सेन्टर, क्यापिटल मेडिकल सेन्टर, चेतना स्वास्थ्य सेवा केन्द्र, कसमस मेडिकल सेन्टर, एभरेष्ट हेल्थ होम सर्भिस, फ्यूजन पोली क्लिनिक एन्ड डाइनोष्टिक सेन्टर, हिमालय डाइनोष्टिक सेन्टर, केआर मेडिकल सेन्टर, काष्ठमण्डप हेल्थ केयर सेन्टर छनौट गरेको छ ।

त्यसैगरि, कुलेश्वर पोलिक्लिनीक, लालुपाते मेडिकल सेन्टर एन्ड पोलिक्लिनिक, लोटस पोलिक्लिनिक एन्ड डाइनोष्टिक सेन्टर, मञ्जुश्री मेडिकल सेन्टर, मार्कोपोलो मेडिकल सेन्टर, मेरिडियन हेल्थ केयर सेन्टर, न्यू वल्र्ड भ्यू मेडिकल सेन्टर, प्रसान्ती हेल्थ केयर सेन्टर, पब्लिक हेल्थ पोलिक्लिनिक एन्ड डाइनोष्टिक सेन्टर, साहारा हेल्थ केयर, समनान्तर पोलिक्लिनिक, शिखर पब्लिक पोलिक्लिनिक पनि मलेसियाको छनौटमा परेका छन् ।

सृजना मेडिकल सेन्टर एन्ड पोलिक्लिनिक, साउथ एशियन हेल्थ केयर सेन्टर, सुब्बा प्याथोलोजी एन्ड क्लिनिक, सुधा पोलिक्लिनिक, सुनपाती मेडिकल सेन्टर, सनराइज पोलिक्लिनिक एन्ड डाइनोष्टिक सेन्टर, सनसाइन मेडिकल सेन्टर, सुपर हेल्थ केयर पोलिक्लिनिक, स्यूरुप हेल्थ केयर, टाइटन हेल्थ केयर सेन्टर, उपत्यका प्याथोलोजी एन्ड क्लिनिक, भेली पोलिक्लिनिक इन्टरनेशनल हेल्थ केयर, वेलकम हस्पिटल एन्ड रिसर्च सेन्टर, अनमोल मेडिकल सेन्टर र स्वणिर्म मेडिकललाई पनि मलेसियाले बायोमेटि्रक सफ्टवेयर प्रणालीका लागि छनौट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment