Comments Add Comment

बायोमेटि्रकविरुद्ध ८५ प्रतिशत व्यवसायी: मेडिकल एसोसिएसन

११ असार काठमाडौ । नेपाल वैदेशिक रोजगार मेडिकल एसोसियसनले मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परिक्षण बायोमेटि्रक प्रणाली लागु गर्ने विरुद्ध ८५ प्रतिशत स्वास्थ्य व्यवसाय रहेको दावी गरेको छ ।

नेपाल स्वास्थ्य व्यवसायी महासंघले बिचौलियसँग ठुलो आर्थिक चलखेलमा मलेसियास्थित वेसिनेटक कम्पनीसँगको मिलेमतोमा बायोमेटि्रक सफ्टवेयर लागु गर्ने सम्झौता गरेको आरोप एसोसियसनको छ ।

बुधबार पत्रकार सम्मेलनमा अध्यक्ष खड्गबहादुर श्रेष्ठले बायोमेटि्रक इजाजत प्राप्त करिव ३ सय स्वास्थ्य संस्थाहरुमध्ये ३८ वटालाई मात्र मलेसियाको निजी बेस्टीनेट कम्पनीले सूचिकृत गरी कार्टेलिङ्ग गर्ने तथा बायोमेटि्रक सफ्टवेयर वापत प्रत्येक स्वास्थ्य संस्थाबाट प्रणाली ८ लाख रुपैयाँ असूल्ने काम भएको जानकारी दिए ।

‘बायोमेटि्रक सुरक्षा प्रणालीमा आधारित सफ्टवेयर हो, यो स्वास्थ्यसँग सम्बन्धित बिषय होइन’ उनले भने, -यही कारण ८५ प्रतिशत यसको विरुद्धमा छ ।

मलेसिया लागु गर्न खोजे १४ स्रोत मुलुकमा बायोमेटि्रक प्रणाली लागु गरि निःशूल्क अनलाइन पहुँच, विद्यमान शूल्क र सुचीकृत सवै व्यवसायीलाई गर्न दिनुपर्ने श्रेष्ठको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment