Comments Add Comment

नेपाली यात्रुलाई कतार एयरवेजको विशेष योजना

IMG_8750
११ असार, काठमाडौं । कतार एयरवेजले नेपाली यात्रुका लागि विशेष योजना घोषणा गरेको छ । २० जुन देखि १ अगष्ट सम्मको अवधिमा टिकट बुकिङ गरी आउँदो सेप्टेम्बर ३० सम्म उडान भर्ने यात्रुका लागि यस्तो योजना घोषणा गरिएको हो ।

नेपालबाट विश्वका विभिन्न १४० स्थानमा उडान भर्ने यात्रुलाई लक्षित गरिएको योजना अनुसार विजेताले दुई जनाका लागि अमेरिकाको मियामीसम्म आरामदायी भ्रमण गर्न पाउनेछन् ।

पुरस्कार जित्नेले कतार एयरवेजको बिजनेस क्लासका दुइ टिकट पाउनेछन् । जसबाट अमेरिकाको मियामीको भ्रमण गरि त्यहाँ पाँच दिन बिताउन पाइनेछ । विजेताले मियामीको ट्रुम्प इन्टरनेसनल बिच रिसोर्टमा ५ रात बिताउनुका साथै एयरपोर्टबाट रिसोर्टसम्म यातायातको सुविधाका साथै मियामी सहर भ्रमण गर्न समेत पाउने कतार एयरवेजले जनाएको छ ।
IMG_8755

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment