Comments Add Comment

अष्ट्रेलियाको सिड्नीमा नेपाल प्रवर्द्धन

Nepal-Parbardhan-4
१३ असार, अष्ट्रेलिया । अष्ट्रेलियन पर्यटक आकषिर्त गर्ने उद्देश्यसहित सिड्नीमा नेपाल प्रवर्द्धन कार्यक्रम सम्पन्न गरिएको छ । अष्ट्रेलियाको लागि नेपाली राजदूतावास कन्बेरा र न्यू साउथ वेल्थ राज्यको नेपाली महावाणिज्य दूतावासले उक्त कार्यक्रम आयोजना गरेका थिए ।

सो अवसरमा नेपाली नित्य, लाखे नाच लगायतका विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । कराउन कलेजको नयाँ शाखा ३०३ पि्रत स्तितमा भएको कार्यक्रममा अष्टे्रलियाका लागि नेपाली राजदूत रुद्र कुमार नेपालले नेपालको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा कि्रस वालक सले नेपाल भ्रमण गर्दा बैग्लै अनुभुती हुने बताउँदै जीवनमा एक पटक नेपाल भ्रमण गर्न साथीहरुलाई सल्लाह दिए । स नेपालको ५० पटक भ्रमण गरिसकेका व्यक्ति हुन् ।

कार्यक्रममा विशेष आकर्षणका रुपमा चिनारी नेपालका संस्थापक गंगा बहादुर नेम्कुलले गरेको लाखे नाच र सविता लामाको नृत्य रहेको थियो ।

चिनारी नेपालका अध्यक्ष एवं पूर्व मिस नेपाल अष्ट्रेलिया २०११ की ऋचा धितालले पनि नेपालका बारेमा जानकारी दिएकी थिइन् । कार्यक्रममा न्यू साउथ वेल्थ राज्यका लागि नेपाली महावाणिज्य दूत दीपक खड्काले धन्यवाद ज्ञापन गरेका थिए ।

Nepal-Parbardhan Nepal-Parbardhan-2 Nepal-Parbardhan-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment