Comments Add Comment

शेर्पाहरुले सगरमाथा आरोहण वहिष्कार नगरेको दाबी

१६ असार, काठमाडौं । बैशाख ५ गते सगरमाथाको आधार शिविरमा गएको हिम पहिरोमा परि १६ जना आरोहण सहयोगी गुमाएको पिडामा शेर्पाहरुले यस वर्षको आरोहण बहिस्कार गरेको प्रचार सत्य नभएको दाबी गरिएको छ ।

गन्तव्य नेपाल पब्लिकेशनद्वारा आयोजित सगरमाथा आरोहणप्रतिको भ्रम र वास्तविकता विषयक बहस कार्यक्रममा आरोही र सम्बन्धित निकायले सो दाबी गरेका हुन् । पर्यटन मन्त्रालयका सचिव सुशिल घिमिरेले पनि शेर्पाहरुले आरोहण वहिस्कार नगरेको स्पष्ट पारेका छन् ।

पूर्व पर्यटनमन्त्री पोष्टबहादुर वोगटीले पर्यटन क्षेत्रमा सानो तिनो कुरामा पनि नकारात्मक प्रचारवाजी गर्ने काम बढ्दै गइरहेको गुनासो गरे । उनले हिमाल आरोहण आफैमा जोखिमपूर्ण रहेको भन्दै जोखिम न्यूनिकरण र उद्धार व्यवस्थापनमा सरकारले विशेष जोड दिनुपर्ने बताएका छन् ।

पूर्वमन्त्री बोगटीले हरेक सरकारले निति तथा कार्यक्रम निर्माण गर्दा पर्यटन क्षेत्रलाई प्राथमिकता दिने गरेको भएपनि त्यसको कार्यान्वयन र बजेट  विनियोजनामा खासै महत्व नदिने गरेको बताए ।

Gantabya-Nepal

निर्वतमान पर्यटन मन्त्री रामकुमार श्रेष्ठले सगरमाथा, लुम्बिनी, पशुपति र रामजानकी मन्दिर नेपालको शानका रुपम रहेको उल्लेख गर्दै यीनको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताए । उनले हिमपहिरोलाई कसैले पनि रोक्न नसक्ने भन्दै  सरकारले यस्ता दुर्घटना न्यूनिकरण र उद्धार कार्यलाई प्रभावकारी बनाउन थप कार्यक्रम ल्याउनुपर्ने स्पष्ट पारे ।

पर्यटन सचिव सुशील घिमिरेले हिमपहिरो लगायतका जोखिम न्यूनिकरणका लागि मन्त्रालयले विशेष तयारी गरिरहेको बताए । सगरमाथा आरोहणमा अस्वस्थ्य भएकाहरुलाई त्याग दिने र इच्छुकहरुका लागि नरोक्ने सहमति भएको पनि उनले बताए ।

शहरी विकास मन्त्रालयका सचिव किशोर थापाले पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधारको विकास जरुरी भएको बताए । उनले सरकार र व्यवसायीको सहकार्यले पर्यटन क्षेत्र अहिलेको अवस्थामा आइपुगेको बताउँदै यस्तो सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।

गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले आरोहीहरुले सगरमाथा आरोहण बहिस्कार गरेको भन्ने विषयलाइ लिएर गतल प्रचार भइरहेको बताउँदै यस विषयमा सरकार गम्भिर हुनुपर्ने बताए । उनले १० वर्षे जनयुद्धको समयमा पनि नेपालको पर्वतीय पर्यटनमा यस्तो ठुलो असर नपरेको बताउदै यसलाई विवादमूत्त बनाउनुपर्नेमा जोड दिए ।

आरोहण बहिस्कार गरिएको भ्रम छरिएका बेलामा सगरमागथाको सफल आरोहण गर्ने चिनियाँ नागरिक बाङजिङलाई अन्तराष्ट्रिय पर्वतारोहण अवार्डबाट अभिनन्दन गरिएको थियो । उनको आरोहणमा सहयोग पुर्‍याउने फुर्वा ग्याल्जेन शेर्पा, डा.कल्याण राज शर्मा र अन्य सहयोगी पासाङ दावा शेर्पा, दावा ग्यल्जेन शेर्पा, लहाक्पा नुरु शेर्पा, रितेन शेर्पा र ल्हाक्पा ग्याल्जेन शेर्पालाई समेत सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment