Comments Add Comment

बेरोजगारी युवायुवतीलाई रोजगार दिन औजार

१७ असार सङ्खुवासभा । अतिविपन्न र बीचमा पढाइ छाडेका सङ्खुवासभाका ३६ युवायुवतीलाई विभिन्न पेसा व्यवसाय सञ्चालनका लागि प्रशिक्षण र औजार वितरण गरिएको छ ।

 जिल्लाका १९ युवायुवतीलाई मोटरसाइकल मर्मत र २१ जनालाई सिलाइबुनाइ कटाइ सीप हासिल गरेकालाई आधारभूत औजार वितरण गरिएको हो ।

रोजगार कोषको सचिवालय हेल्वेटास, स्विस इन्टरकोअपरेसन नेपालको आर्थिक सहयोगमा इटहरीस्थित रहेको पोलिटेक्निक इन्स्टिच्युट इटहरीले मोटरसाइकल र सिलाइकटाइ तालिममा सहभागीहरूलाई मोटरसाइकल पार्टपुर्जा र सिलाबुनाइका औजारहरू वितरण गरिएको इन्स्टिच्युटका संयोजक पशुपति शाहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment