Comments Add Comment

कविता-”यो ‘जात’ कुन चराको नाम हो ?”

वासुआचार्य

Basu Aacharya

 

 

 

 

असारेझरी, दर्केर आयो, गैरीखेत रुझाउन…

तिमीनै बिना, सकिन मैले, यो  मन बुझाउन…

 

मनकैलेपूर्व, कैले त पश्चिम, छैन मन कैले थिर…

तिमी नै टाढा गए म देखि, जीवनमा पिरैपिर…

 

पिरको ब्यथा, झिरमा अल्झी, बाँच्न म सकिन…

मन मरीगयो, तन मरीगयो, हाँस्न म सकिन…

 

भक्कानो छुट्छ, मन मुटु दुख्छ, तिम्रो नै पिरमा…

हे मेरी प्रिय, कि मरी जान्छु, हाम्फाली भिरमा…

 

ममता भए, माया नै भए, आउन एकफेर…

जीवनको भाका, भावना बनाई, गाउन एकफेर…

 

स्वर्थी म हैन, जाली म हैन, जालोमा परेँ म…

तिम्रो भावना, बुझ्न नसकी, छालमा परेँ म…

 

तिमी नै कथा, तिमी कविता, तिमी नै मेरो गीत…

बाधार अड्चन, तोडेर आउ, बनाउ मेरो जित…

 

तिम्रो के जात, मेरो कुन जात, कसको हो राम्रो जात…

मानिस भै, जन्मेमा पछि, मनिस हो हाम्रो जात…

 

म ब्राह्मण ठूलो, तिमी दलित सानो, भन्ने दिन गैसके…

बिचार  हो ठूलो, किच्चक हो सानो, भन्ने दिन आइसके…

 

जातको कुरा, नगर प्रिय, म मान्ने छुईन…

यो जात ठूलो, यो जात सानो, म ठान्ने छुईन…

 

तिमीलाई मान्छु, तिमी चाहन्छु, तिमी नै मेरो जान…

तिम्रो त्यो चोखो, माया चाहन्छु, तिमी हौ मेरो प्राण…

 

बाआमा मेरा, बुझकी नै छन, सम्झाउनुपर्दैन…

जात नै  भन्दा, माया हो ठूलो, बुझाउनुपर्दैन…

 

कसको के जात, कसको के थर, कसको छ यहाँ भर…

विश्वाश हो महान, माया हो ठुलो, प्रेमले बन्छ घर…

 

प्रेम नि पाएँ , इज्जत नि पाएँ,  पाईन जीवन…

माया नै गरी, भागीमा जाने, कस्तो हो त्यो मन…

 

तिम्रो त्यो माया, थाहा नै पाईन, तिमीले नि भनिनौ…

जातको नामको, त्यो सारो बाँझो, तिमीले नि खनिनौ…

 

तिमीलाई सम्झी, मुटु पो दुख्यो, अनी पो चाल पाएँ…

तिमीलाई कल्पेँ, आँसु पो आयो, अनी पो था पाएँ…

 

आँखा चिम्लिदा, आँखा झन हेर्दा, तिमी पो झन देखेँ…

सपनीमा नि, कल्पनामा नि, तिमीलाई नै भेटेँ…

 

यता नि तिमी, त्यता नि तिमी, तिमी नै चारै सुर…

तिम्रो समिप, नपाउँदा खेरी, भयो मन साह्रै झुर…

 

हे मेरी प्रिय, म के नै गरौँ, तिमी नै बताईदेउ…

आउन आउ, जीवनमा आउ, मलाई नसताईदेउ…

 

तिम्रो अंगालो, तिम्रो संगालो, म पाउन चाहन्छु…

तिमीलाई मेरो, आँखाको नानी, बनाउन चाहन्छु…

 

के के पो देख्छु, के के पो सोच्छु, पलपल रोइसकेँ…

राती तर्सिने, दिनमा झस्किने,  पागल भैसकेँ…

 

बुवालाई भन, आमालाई भन, म जान्छु भनन…

उही हो प्रेमी, उही हो प्राण, म ठान्छु भनन…

आउन नसके, म आउँछु हेर, तिमीलाई लिनलाई…

मायाको चोखो, गुलाब फूल, तिमीलाई दिनलाई…

 

भगाई लान्न, डराईजान्न, माग्न म आउनेछु…

पन्चैबाजा, जन्तेमा बाख्रो, जन्ती म ल्याउनेछु…

 

एकफेरमात्र, हुन्छ है भन, अरु म मिलाउँला…

थामिराखेको, यो जीवनरस, तिमीलाई पिलाउँला…

 

नाईँ नभन, साँचेको माया, ब्यूँझाउ एकफेर…

लिनलाई आउ, दिन्छु यो जोवन, भन्देउ एकफेर…

 

आजको रात, समयदिएँ , मनलाई फकाउ…

माया गर्छ भनी, मलाई पाल्छ भनी, बाबालाई फकाउ…

 

हे मेरी प्रिय, नरोईबस, म लिन आउनेछु…

असारे मास, तिमी धान रोप, म गीत गाउनेछु…

असारे मास, तिमी धान रोप, म गोरु दाउनेछु…!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment