Comments Add Comment

कोरियामा दक्ष कामदार पठाएर फाइदा लिन राजदूतको सुझाव

Chembar-and-korian-Ambesdar
१५ साउन, काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदूत चोइ योङ जीनले कोरियामा उच्चस्तरिय शीप भएको मानव संशाधनको माग रहेको बताउँदै त्यसबाट फाइदा लिन नेपाललाई सुझाव दिएका छन् ।

दक्षिण कोरियामा अदक्षमात्र नभई दक्ष कामदारको समेत माग रहेको राजदूत जीनको भनाई थियो । बिहीबार नेपाल चेम्बर अफ कमर्शमा आयोजित कार्यक्रममा बोल्दै उनले कोरियाले उच्च स्तरको ज्ञान र शीप भएको व्यक्तिलाई प्राथमिकतामा राख्ने बताएका छन् ।

कार्यक्रममा राजदूत जीनले नेपाल र दक्षिण कोरियाबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध अभिवृद्धिका लागि आर्थिक कुटनीतिमा जोड दिनुपर्ने बताए । नेपाल र कोरियाका निजी क्षेत्रको सम्बन्ध अभिवृद्धि गर्न व्यापारिक प्रतिनिधिमण्डलको आदान-प्रदानमा हुनुपर्नेमा जोड दिँदै उनले यसका लागी आफ्नो तर्फबाट पहल गर्ने आश्वासन दिएका छन् । नेपाललाई उपलब्ध गराउँदै आएको सहयोगका बारेमा चर्चा गर्दै उनले दुई मुलुकबीचको सम्बन्ध थप गाढा बनाउन दक्षिण कोरिया सरकार गम्भिर रहेको बताए ।

आफ्नो कार्यकालमा आपसी तथा व्यापारिक सम्बन्धलाई मजवुत बनाउन सक्दो पहल गर्ने राजदूत जीनले बताएका छन् ।

सो अवसरमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा शान्ति र संविधान निर्माण कार्यले मुर्तता पाउँदै गएको जानकारी दिँदै जलविद्युत, कृषि, पूर्वाधार, पर्यटन, खनिज तथा सेवा उद्योग क्षेत्रमा लगानी गरी यथेष्ट फाइदा लिन सकिने राजदूतलाई जानकारी गराए । उनले कोरियन लगानीकर्ता नेपालमा आकषिर्त गरिदिएर सहयोग गर्न पनि आग्रह गरेका छन् ।

अध्यक्ष श्रेष्ठले नेपालले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकषिर्त गर्न सरकारले बजेटमार्फत ल्याएका आकर्षक प्रोत्साहन तथा छुटका कार्यक्रमहरु राजदूतलाई जानकारी गराए ।

कोरियाले पछिल्लो समय विकास गरेको ज्ञान, सीप र प्रविधिको आवश्यकता रहेको बताउँदै उनले कोरियाका उद्यमीहरुसँग नेपाली उद्यमीहरुले संयुक्त रुपमा लगानी गर्न इच्छुक रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment