Comments Add Comment

श्री र स्वेता नआएपछि ‘कोहिनुर’लाई साथ दिन रेखा हलमा

rekha-thapa-and-aakash-adhikari
नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का नफर्केपनि चलचित्र ‘कोहिनुर’ भने आजबाट देशभरका हलमा लागेको छ । चलचित्र ‘कोहिनुर’को आज बिहान काठमाण्डौको कुमारी हलमा पहिलो शो गरिएको छ । निमोनिया भएपछि दिल्लीमा उपचार गराइरहेका नायक श्रीकृष्ण नेपाल र्फकन नसकेका हुन् ।

चलचित्रका कलाकार नआएपनि नायिका रेखा थापा भने कुमारी हलमा पुगिन् । चलचित्र हेरेपछि उनले उत्कृष्ट बनेको प्रतिक्रिया दिइन् । आकाश अधिकारीको निर्देशनमा करिब २ घन्टा ३० मिनेट लामो सिनेमाले चेलिबेटी बेचबिखन र राजनीति घटनालाई उठान गरेको छ ।

सिनेमा हेर्नका लागि पत्रकार तथा केही चलचित्रकर्मी हलमा पुगेका थिए । चलचित्र ‘कोहिनुर’ हेरिदिन दर्शकलाई नायक श्रीकृष्ण श्रेष्ठले अडियो मार्फत आग्रह गरेका थिए ।
चलचित्रका आधा दृश्य मुम्बइका रमणिय स्थान खिचिएको छ । चलचित्रको दोश्रो भागलाई उत्कृष्ट भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment