Comments Add Comment

जीवनको अग्निपरिक्षा, व्यस्त हिरोले तान्लान् त दर्शक ?

jiwan-and-uma-in-sisa
आजबाट चलचित्र ‘शीशा’ देशभरका हलमा लागेको छ । आर.बी.के ‘शरद’ले निर्देशन गरेको चलचित्रमा जीवन लुइटेल, रागिनी खड्गी र उमा बेबीको मुख्य भूमिका छ । चलचित्रलाई मधुसुदन ढकाल, अजिता सुमार्गी, विराट थापा र महेश ढुंगेलले लगानी गरेका हुन् ।
चलचित्र ‘शीशा’ले मानिसको जीन्दगीको कुरा गर्छ । नायक जीवन लुइटेलको करिब एक बर्षपछि यो चलचित्र हलमा लाग्न लागेको हो । यसैले पनि सिनेमाको व्यापारलाई जीवनको स्टारडमसँग तुलना गरिएको छ । अहिलेका सर्वाधिक व्यस्त नायकले दर्शकलाई हलसम्म आकषिर्त गर्छन् या गर्दैनन्, यो आइतबारसम्म थाहा लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment