Comments Add Comment

‘अच्छा लेकिन क्या बात’ भन्दै प्रशान्त(भिडियो)

prasant-tamang

गायक प्रशान्त तामाङ नायक बनेर नेपाली सिनेमामा जमिरहेका छन् । विशेषगरी, लाहुरेको कथामा आधारित सिनेमामा उनको भूमिका ज्यादा हेर्न सकिन्छ । उनै प्रशान्तले अभिनय गरेको चलचित्र ‘निशानी’ भाद्र २७ गतेबाट सार्वजनि प्रदर्शनमा आउँदैछ ।

प्रेम सुब्बाको निर्माणमा तयार भएको चलचित्रलाई विनोद सेरेङले निर्देशन गरेका हुन् । चलचित्रमा जनक गुरुङको एक्सन, युवराज राइको छायांकन, बीबी अनुरागीको संगीत, गोविन्द राइको नृत्य छ । चलचित्रमा सरोज भण्डारी र ललिता सेरेङले सह-निर्माताको रुपमा लगानी गरेका छन् ।

चलचित्रमा प्रशान्त तामाङ, प्रेम सुब्बा, अनु गुरुङ, सिरु बिष्ट, सुरज रानाभाट लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा समावेश ‘अच्छा लेकिन क्या बात’ बोलको गीत सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment