Comments Add Comment

शिवसँग बर माग्दै नीता ढुंगानाको छमछमी

nita-dhungana

काठमाडौं । हिन्दु नारीहरुको महान चाड तीजलाई लक्षित गरेर गायत्री थापाले तीजको कोशेली स्वरुप नयाँ गीत लिएर आएकी छिन् । ‘बर माग्छु शिवजी’ र ‘माइती देश’ गरी दुईवटा गीत बजारमा ल्याएकी छिन् यसपाली । हरेक तीजमा नयाँ गीत लिएर आउछिन् उनि ।

गीत सुन्दा लाग्छ । शिवजीसंग धेरैनै अपिल गरिएको छ । नेपाली नारीहरुको भगवान शिवप्रति लोभलाग्दो श्रद्धा छ । शायद, त्यहि भएर पनि होला । बर माग्छु शिवजी पोहोरको चोली साँघुरो भयो यसपटक मायाले सिलाइदेउ नापेर भनिएको छ ।

गीतको रचना गायीका स्वयंले गरेकी हुन् । लय राजु सुनमको छ भने स्वरमा पनि उनैले साथ दिएका छन् । गीतको भिडियोमा नायीका निता ढुंगाना र बब्बु थापाले मोडलिङ गरेका छन् ।
माइती देश बोलको गीतमा चेलीले तीजमा माइती जान नपाउँदा पिडा प्रस्तुत गरिएको छ । धन सम्पत्ति जति नै भएपनि छोरी चेलीका लागि माइती घर जति प्यारो अरु हुन्न भन्न खोजिएको छ ।

‘कोदो गोड्दै घाँस घाँट्दै पाखैमा, मै छोरीलाई माइती घर आँखैमा, बाबा आइनन् तिज आयो सारै अत्यास लाग्यो, माइती देश हेरेर मन बुझाउँला भनेको हेर्नै पाइन अभागीलाई कुहिरोले ढाक्यो’ भन्दै गायीकाले आफु माइत जान नपाएको गुनासो पोखेकी छिन् गीत मार्फत । गीतको भिडियोमा गायत्री थापा पनि देखिएकी छिन् ।

थापाले यस अगाडी सुनको चुरा, रातो सारी, उठेर बसेर बोलका तीज गीत बजारमा ल्याइसकेकी छिन् । यो उनको छैठौं एल्वम हो ।
स्वर भर्ने भन्दा पनि शब्द रचना गर्ने थापाले अहिलेसम्म ७०/८० वटा गीत अरुका लागि लेखिसकेकी छिन् । उनी आधुनिक, दोहोरी तथा तीजका गीततहरु लेख्ने तथा गाउने गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment