Comments Add Comment

रणवीरलाई बोलाईन् कट्रिनाकी आमाले

ranbir-and-katrina
छोरी कट्रिना कैफको अभिनेता रणवीर कपुरसंग हिमचिम बढेको हल्ला चलेपछि कटि्रनाकी आमा सुजैन चिन्तित छिन् । भारतीय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार कट्रिनासँगको सम्बन्धको विषयमा कुरा गर्नकै लागि उनकी आमाले रणवीरलाई लण्डन बोलाएकी छिन् ।
कट्रिना रणवीरको हिमचिम बढेको हल्लाले सुजन चिन्तित मात्रै छैनन्, कुरा मिलेमा सक्दो चाँडो उनिहरुको बिबाह गरिदिने मनस्थितीमा छिन् । बिबाहकै विषयमा कुरा गर्नका लागि लण्डनवाट निम्तो आएपछि रणवीर जतिसक्दो चाँडो लण्डन जाने तयारीमा छन् ।

इम्तियाज अलिको नयाँ फिल्म ‘तमाशा’ मा काम गरिरहेका रणवीर सुटिङ सकाए लगत्तै लण्डन जान चाहन्छन् । तर, कट्रिनाले भने यस विषयमा अहिलेसम्म मुख खोलेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment