Comments Add Comment

अष्ट्रेलियामा हट झरना, प्रिमियरमा यसरी पुगिन्

jharana-bajracharya
चलचित्र ‘सेफ ल्याण्डिङ’को अष्ट्रेलियाको सिड्नी स्थित हर्सभिल सिभिक थिएटरमा प्रिमियर गरिएको छ । अभिनेत्री झरना बज्रचार्य, निर्देशक सन्दिप जोसेफ, निर्माताद्धय बसन्त भण्डारी र राहुल अग्रवाल पहिलो शोमा उपस्थित थिए ।

नायिका झरना बज्रचार्यलाई निर्माणपक्षले महंगो मानिने हमर लिमुजिन कारमा सिड्नी शहर परिक्रमा गराएर प्रिमियरमा उपस्थित गराएको थियो । सांगीतिक कार्यक्रम पश्चात सिनेमा देखाइएको थियो । अधिकांश दर्शकले सिनेमा उत्कृष्ट बनेको बताए ।

प्रिमियर भएको स्थानमा यो सिनेमा आज र भोली साँझ ६ बजे प्रदर्शन गरिनेछ । अगष्ट १७ मा चलचित्र न्यूजिल्याण्डमा पनि प्रदर्शन गरिने छ । नेपालमा भने यो सिनेमा मंसिर १९ गतेबाट प्रदर्शनमा आउनेछ ।
saf-landing-premier

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment