Comments Add Comment

श्रीकृष्णको शोकमा सिने नगरी (फोटो फिचरसहित)

jharna-and-dipashree
काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा नायक श्रीकृष्ण श्रेष्ठको निधनको खबरले शोकाकुल बनेका चलचित्रकर्मी जम्मा भएका थिए । उनलाई कतिवेला नेपाल ल्याइन्छ भन्ने अन्यौलताकाविच चलचित्रकर्मी प्रतिष्ठानमा उपस्थित थिए । अधिकांशका आखा रसाएको थियो । नायिका झरना थापादेखि कलाकार दीपाश्री निरौला, दीपकराज गिरी, नायक बाबु बोगटी, निर्माता सुनिलकुमार थापा सबै शोकमा डुबेका थिए ।

निधन भएका नायक श्रेष्ठको शवलाई सोमबार बिहान मात्र नेपाल ल्याइनेछ । उनको पार्थिव शरीरलाई त्रिभुवन विमानस्थलबाट राष्ट्रिय सम्मान दिदै प्रज्ञा प्रतिष्ठान पुर्‍याइनेछ । चलचित्र विकास बोर्डले यसको तयारी थालिसकेको छ ।

यसैविच, नेपाल चलचित्र प्राविधिक संघले सोमबार चलचित्र, नाटक, म्यूजिक भिडियोका सम्पूर्ण काम नगरिदिन आग्रह गरेको छ । अध्यक्ष मनोज केसीले स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठलाई हार्दिक श्रद्धाञ्जली दिदै सिनेमा, भिडियोका सम्पूर्ण काम नगरिदिन आग्रह गरेका हुन् ।

यस्तै चलचित्र कलाकार संघले पनि एक विज्ञप्ती जारी गर्दै कलाकार श्रीकृष्ण श्रेष्ठको निधनले स्तब्ध भएको जनाएको छ । अध्यक्ष नबल खड्काले कलाकार श्रेष्ठको आत्माको चिर शान्तीको कामना गरेका छन् ।aakash-adhikari dipakraj-giri dipa-shee

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment