Comments Add Comment

नायक श्रीकृष्णको राष्ट्रिय सम्मानका साथ अत्येष्टी गरिंदै

Shree-Krishna-Shrestha-650

उपचारका क्रममा भारतमा निधन नायक श्रीकृष्ण श्रेष्ठको आज राष्ट्रिय सम्मानसाथ अन्त्येष्टी गरिदै छ ।

उनको शवलाई आज अपरान्ह १ बजे एयर इन्डियाको बिमानमार्फत् काठमाण्डौ ल्याइने चलचित्र बिकाश बोर्डले जनाएको छ ।

बिमानस्थलबाट सिनामंगल, तिनकुने, नयाँ बानेश्वर, माइतीघर हुँदै  उनको पार्थिव शरिरलार्इ प्रज्ञा प्रतिष्ठानमा लगिनेछ । साँझ ५ बजेसम्म उनको शवलार्इ अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । जहाँ प्रधानमन्त्री सुशील कोइरालाले उनको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाउने छन् ।

साढे ५ पछि कमलादी, गौशाला हुँदै उनको शवलाई पशुपति आर्यघाटमा लगिने छ । चलचित्र विकास बोर्डमा आइतबार बसेको वैठकले उनलाई राष्ट्रिय सम्मान दिने निर्णय गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment