Comments Add Comment

१८ बर्षसम्म गोपाल योञ्जनलाई बिर्सनेहरु (भिडियोसहित)

gopal yonjonकाठमाडौ । आधुनिक नेपाली संगीत सुनेर रमाउनेहरुका लागि एउटा अविस्मरणीय नाम हुन हुनसक्छ संगीतकार गोपाल योञ्जन । जसको आज (सोमवार) ७१ औ जन्म जयन्ती हो ।

दुःखको कुरा केही मिडियाले जन्म उत्सव र जन्मजयन्तीका अवसरमा उनका केही सन्दर्भ जोडेर सम्झिने प्रयास गरेपनि राज्यले लगभग बिर्सेको छ । आफन्त र अन्य संगीतसँग सम्बन्धित संघसंस्थाले पनि योञ्जनको जन्मउत्सब र शोकसभा मनाउन झर्को मान्न थालेका छन् ।

उनले संसार छाडेको १८ वर्ष हुन लाग्यो । स्तम्भ लेखक प्रकाश सायमीका अनुसार योञ्जनको निधन भएको १८ वर्ष जम्मा एक पटक मात्रै शोकसभा आयोजना भएको छ । त्यो पनि राज्यको तर्फवाट होईन ।
सायमी भन्छन- ‘उहाँको मृत्यु भएकै वर्ष एक महिनापछि शोकसभा कार्यक्रम आयोजना गरेको थिएँ । योञ्जनका परिवारका सदस्यहरुले सन्देश पठाउनु भयो-‘अबदेखि यस किसिमको कार्यक्रम गर्ने झन्झट नगर्नु होला भनेर । मैले पनि छाडिदिएँ ।’

सायमीले त्यसपछि फेरी उनको सम्झनामा अन्य कुनै औपचारिक कार्यक्रम गर्ने ‘झन्झट’ गरेनन् । योञ्जनका वारेमा केही नयाँ कुरा चाहिने बित्तिकै खोजी गर्ने माध्यम भने सायमी नै बनेका छन् ।
राज्यले त पुरै बिर्सिएको छ नै, गीत संगीतसंग सम्बन्धित अन्य संघसंस्थाले पनि योञ्जनलाई सम्झने प्रयाश गरेनन् । सायमीलाई लाग्छ ‘संगीतकार योञ्जन नातागोतावाट पनि बेवास्ता गरिएका ब्यक्ति थिए । त्यसैको प्रभाव परेको होला राज्यलाई पनि ।’

नेपालमा नेपाली आधुनिक संगीत संकट परेको बेला नेपाल आएका थिए योञ्जन । बिसं २०३० सालमा दार्जीलिङवाट नेपाल आएका योञ्जनलाई नेपाल ल्याउनका लागि गीतकार नागेन्द्र थापाले विषेश पहल गरेका थिए । ‘नागेन्द्र थापाले दार्जीलीङस्थित उहाँको घरमा गएर आमासँग मागेर ल्याउनु भएको हो योञ्जनलाई ।’ सायमिले भने ।

नेपाल आएपछि आधुनिक संगीतका लागि जुटेका योञ्जनले नारायण गोपालसँग केही समय काम गरे । चलचित्र ‘सिन्दुर’ मा संगीतकारको भुमिका निर्वाह गरेका योञ्जनले त्यसपछि बद्लिंदो आकाश, पहिलो प्रेम, मायापि्रती लगायत दर्जन बढी फिल्ममा काम गरे । यी सबै फिल्ममा योञ्जनसँगै नारायण गोपालको पनि संलग्नता थियो ।

पछि अर्को फिल्म ‘विश्वास’ मा काम गर्ने क्रममा योञ्जन र नारायण गोपालको सम्बन्ध टुट्यो । त्यसपछि उनले पछिल्ला पुस्ताका सर्जकसँग काम गरे ।

नेपाली संगीतमा योञ्जनको आफ्नै स्थान छ । थुप्रै कालजयी गीतमा संगीत भरेपनि राज्यले दिनुपर्ने जति सम्मान दिन नसकेको सर्जकहरु बताउँछन् । मदिरापानलाई उनको कमजोरीका रुपमा बुझेका सहकर्मीहरु उनको चाँडो मृत्यु हुनुमा उनको भावुक शैलि र आफन्तहरुको असहयोग पनि हो भन्छन् ।

योञ्जनका केही कालजयी गीतहरु-

बनेको छ पहराले यो छाती मेरो

यो मेरो टोपी

मेरो पाउमा अाज कोही

धेरै छ गर्नु स्वदेशको सेवा नेपाली भन्नलार्इ

गोपाल योञ्जनका केही प्रेमगीतहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment