Comments Add Comment

श्रीकृष्णको शोकमा प्रज्ञा भवनमा गाइजात्रा स्थगित

gaijatraकाठमाडौ । सामाजिक बिकृति र बिसंगति बिरुद्ध तिखो प्रहार गरिने गाईजात्रा कार्यक्रम सोमवार भृकुटीमण्डपमा जारी रहने भएको छ । अभिनेता श्रीकृष्ण श्रेष्ठको मृत्युको कारण प्रज्ञा प्रतिष्ठानको कार्यक्रम भने सोमवारका लागि स्थगित भएको छ ।

गाईजात्रा आफैमा नेपालको मौलिक पर्व भएको र मरेका मान्छेहरुको सन्दर्भ पर्वसंग जोडिएकाले भृकुटी मण्डपमा गाईजात्रा कार्यक्रमलाई निरन्तरता दिन लागिएको कलाकार दिपकराज गीरिले बताए ।

‘गाईजात्रा आफैमा मान्छे मरेको घरवाट निकालिन्छ भने हामीले हाम्रा नायकको मृत्यु भयो भनेर कार्यक्रम रोक्न जरुरी छैन ।’ कार्यक्रममा प्रत्येक पटक शो सुरु हुन अघि स्टेजवाटै अभिनेता श्रेष्ठलाई श्रद्धान्जलि दिने पनि गीरिले बताए । भृकुटी मण्डपको कार्यक्रममा तीतोसत्य,  मेरी बास्सै र जिरे खुर्सानीमा आबद्ध कलाकारहरुले विभिन्न प्रस्तुति दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment