Comments Add Comment

श्रीकृष्ण र शिबले संसार छाड्दा केशव बने एक्लो

काठमाडौं । तीन दिन भयो निर्माता एवं कलाकार केशब भट्टराईको आङमा घाम लागेको छैन् । नेपाली फिल्म उद्योगसँग जोडिएका दुईजना पात्र श्रीकृष्ण श्रेष्ठ र निर्देशक शिव रेग्मीसँग उनको नङ-मासुको सम्बन्ध थियो ।

तर, अहिले ती दुबैले संसार छाडिसकेका छन्, सदा-सदाका लागि । अब उनीहरुको कर्म केबल झझल्कोमा मात्रै सिमित हुने भएको छ ।

keshab-bhattaraiनिर्देशक शिव रेग्मी र नायक श्रीकृष्ण श्रेष्ठ साथी मात्रै थिएनन् भटराईका । रेग्मी ‘दाइ’ थिए भने श्रीकृष्ण ‘भाइ’ । भलै उनको परिवारमा ६ दाजुभाई छन् । उनी भन्छन ‘अरु दुई भाइ कर्म गर्दा थपिए ।’ आफ्नो जीवनमा थपिएका दुबै दाजु भाईले यो दुनियाावाट विदा लिएपछि केही सोच्न नसकेको बताउाछन् उनी ।

‘पहिला शिवदाइले छोडे, अहिले श्रीले । भगवानलाई पनि राम्रै मान्छे चाहिन्छ कि क्या हो केही बुझ्न सकेको छैन’-भट्टराईले भने ।

शिव रेग्मीको निधन हुँदा लागेको घाउमा श्रीकृष्णको निधनले फेरी गहिरो चोट लागेको बताउँछन् भट्टराई ।

विभिन्न कालखण्डमा भट्टराई र श्रीकृष्णले दुई दर्जन बढी फिल्ममा काम गरेका छन् । उनीहरुको पहिलो भेट चलचित्र ‘पुकार’ मा भेट भएको थियो ।

पुकारमा भट्टराई हिरो थिए भने श्रीकृष्ण भिलेन । पर्दामा दुष्मन जस्तो देखिए पनि त्यहि फिल्मवाट सुरु भएको थियो उनीहरुको दोस्ती । फिल्ममा कलाकारका रुपमा चिनिएका भट्टराई र श्री फिल्मको काम सकिदा नसकिंदै ‘दाजुभाई’ भइसकेका थिए ।

श्रीलाई अत्याधिक चर्चामा ल्याउने मध्ये एउटा फिल्म ‘आफ्नो मान्छे’ पनि हो । उक्त चलचित्रमा रहेको चट्ट रुमाल क्या मालुम… बोलको गीतले यति धेरै चर्चा पायो, तत्कालीन समयमा बिक्री भएका एल्बम मध्ये ‘आफ्नो मान्छे’ले पनि महत्वपूर्ण स्थान ओगटेको थियो ।

यो पनि पढ्नुस् : नायक श्रीकृष्ण श्रेष्ठको भावपूर्ण विदाइ (फोटो फिचर र भिडियो)

उक्त चलचित्रमा मुख्य भुमिका निर्वाह गरेका श्रीकृष्णले सो गीतमा आफु र निरुताले लगाउने ड्रेसको डिजाईन गरेका थिए । भट्टराईले श्रीकै सल्लाहमा ड्रेसमा पैसा खर्च गरेका थिए ।
ती मिलनसार नायकको अभाव फिल्म उद्योगमा लामो समयसम्म खड्किने उनको बुझाई छ ।

निर्देशक रेग्मीको अभाव पनि नेपाली फिल्म उद्योगमा लामो समयसम्म महसुस् हुनेे छ । नाटक लेखनमा सक्रिय रेग्मीको बसोबास प्राय चितवनमै हुन्थ्यो । कुनै निर्माताले स्क्रिप्ट लेख्न बोलाए मात्रै रेग्मी काठमाडौं आउँथे । तर, भट्टराई काठमाडौकै रैथाने जस्ता भएका थिए । फिल्मको स्किप्ट लेख्न काठमाडौं आउने क्रममै दुई दशक अघि भट्टराई र रेग्मीको सम्बन्ध गाासिएको थियो ।

रेग्मी, श्रीकृष्ण र भट्टराईको दोस्ती जमेको ‘आफ्नो मान्छे’ बनेपछि नै हो । त्यसपछि उनीहरु कहिल्यै हिरो, निर्देशक र निर्माताका रुपमा देखिएनन् । न त कुनै विषयमा ठोलाबाजी नै पर्‍यो ।

भट्टराईलाई लाग्छ -‘यदि मेरो जीबनमा रेग्मी र श्रीकृष्ण जोडिएका थिएनन् भने यो स्थानमा आउने सक्ने थिइन् ।’ आफ्नो जीवनमा जोडिएका दुबै अमुल्य पात्रहरुले संसार छाडेपछि अगाडीको संसार धमिलोे हुने हो कि भन्ने चिन्ता छ उनलाई यतिबेला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment