Comments Add Comment

भाइको निधनमा राजेश दाइको नरोकिएको आँशु

IMG_9561
विजय आवाज
‘ए भाइ हो बिहे नगर्ने त’, चलचित्र ‘हामी तिन भाइ’मा नायक राजेश हमालले यसो भनिरहँदा अर्का दुई कलाकार श्रीकृष्ण श्रेष्ठ र निखिल उप्रेती ‘नगर्ने नगर्ने’ भन्दै दौडिएका थिए । राजेश दाइ पनि भाइहरुको पछिपछि लाग्दै दौडिएका थिए ।Rajesh-hamal-2

भाइहरु पनि के कम थिए र, आफ्नो बिहे गर्नु छैन हाम्रो पिर गर्छौ भन्दै उनलाई जिस्काउथे । ‘हामी त बल्ल औंला चुस्ने बालक हौं, पहिला आफ्नो बिहे गरन’ निखिल र श्रीकृष्ण यसै भन्थे । लाग्थ्यो, पर्दामा राजेश दाइसगको यो माया श्रीकृष्ण र निखिलमा अपार थियो ।

पर्दामा मात्र होइन, वास्तविक जीवनमा पनि श्रीकृष्णका लागि राजेश हमाल दाइ नै थिए । ‘राजेश दाइले त बिहे गर्नु भएको छैन, मैले कहाँ गर्नु’, श्रीकृष्ण यसै भन्थे ।

तर, जब राजेश हमालले बिहे गरे, भाइ श्रीकृष्णले पनि केही समयमा नै बिहे गरे । उनले अनलाइनखबरसँग भनेका थिए, ‘राजेश दाइको अगाडि त मेरो वालविवाह नै हो ।’

चलचित्र ‘हामी तिन भाइ’मा देखिएको राजेश दाइ र श्रीकृष्णको माया आज पनि धेरै दर्शक र चलचित्रकर्मीको मस्तिष्कबाट ओझेल भएको छैन । त्यही भाइ भगवानको प्यारो हुँदा दाइ राजेशका मन कम्ता रोएन ।

सोमबार प्रज्ञा प्रतिष्ठान कमलादीमा हातमा फूलको गुच्छा बोकेर उनी भाइ श्रीकृष्णलाई अन्तिम श्रद्धाञ्जली दिन बसेका थिए ।IMG_9551

चलचित्रको पर्दामा भाइ बिरामी हुँदा उनी जसरी पनि निको गर्थे । भाइलाई सानो  ठेस लाग्दा उनको मन दुख्थ्यो । भाइको मन दुख्दा जसोतसो गरेर फकाउँथे । तर, वास्तविक जीवनमा त्यो सम्भव थिएन । कास, यो चलचित्रको पर्दा नै भैदिएको भए ।

नायक राजेश हमालका आँखा निक्कै समय रसाए । श्रीकृष्णलाई संझिएर उनी भक्कानिए । आफूलाई सम्हाल्न सकेनन् । राजेशसँगै पुगेका अर्का भाइ निखिल उप्रेतीका आँखा पनि रसाए । चलचित्रको पर्दा बाहेक चलचित्रकर्मी, दर्शक र पत्रकारले राजेश दाइ रोएको सायदै देखेका थिएनन् होला ।

तर, पर्दामा रगतको र रियल लाइफमा नजिकबाट भावानात्मक सम्बन्ध जोडिएको भाइ श्रीलाई श्रद्धाञ्जली दिँदै गर्दा नायक राजेश हमालको मन दुख्यो, आँखामा भेल बग्यो । यो भावनाले उब्जाएको प्रेमको आँशु थियो, जसले गर्दा पनि उनलाई पर्दाको जस्तो कुनै केमिकल हालिरहनु परेन, आँशु झार्न ।

२ भाइले फूलको गुच्छा लिएर अन्तिम बिदाइ गर्दै गर्दा हामी तिन भाइका माइला भाइ भगवानको प्यारो भैसकेका थिए । अलविदा श्रीकृष्ण ।Rajesh-hamal

IMG_9432IMG_9407

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment