Comments Add Comment

हर्षिका र बादलमध्ये कसले गर्यो ‘फूलको हत्या’ ?

harshika-and-badal
उसो त ‘झिल्के’ उपनामले चिनिएका गायक बादल प्रसाइ र नायिका हर्षिका श्रेष्ठको प्रेम टुटिसकेको छ । तर पनि यी दुइले व्यवसायिक सम्बन्धलाई भने निरन्तरता दिइरहेका छन् । गायक प्रसाइले ‘फूलको हत्या’ बोलको गीतको भिडियो निर्माण गरेका हुन् । यो गीतको भिडियो हालै मात्र सार्वजनिक गरिएको छ । भिडियोमा बादल र हर्षिकाको मस्ती र विछोडलाई देखाइएको छ । प्रेम टुटेपनि व्यवसायिक सम्बन्धलाई निरन्तरता दिएको हर्षिकाको भनाई छ ।

चर्चित गायक सुमग पोख्रेलको शब्द तथा संगीत रहेको गीतको भिडियोमा हर्षिका श्रेष्ठ, बादल प्रसाई र मदन खनालको अभिनय छ ।  गोठ्ठाटारमा छायांकन गरिएको भिडियोलाई भीजे विवेक खतिवडाले निर्देशन गरेका हुन् । गायक प्रसाइले भिडियो उत्कृष्ट बनेकाले आफू सन्तुष्ट रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment