Comments Add Comment

माइक्रोम्याक्सले भित्रायो हेक्जाकोर प्रोसेसर भएको स्मार्टफोन

MMX_A190_HD-Plus-finalकाठमाडौं । भारतीय स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले नयाँ स्मार्टफोन ‘क्यानभास एचडी प्लस ए१९०’ नेपाली बजारमा ल्याएको छ । यसको मूल्य नेपालमा १९ हजार ७ सय ८९ रुपैयाँ तोकिएको छ ।

पछिल्लो समय अत्याधुनिक स्मार्टफोन बजारमा ल्याउँदै आएको माइक्रोम्याक्सको यस स्मार्टफोनमा शक्तिशाली १.५ गीगाहर्ज हेक्जाकोर प्रसेसर रहेको छ । यसमा एन्ड्रोइड ४.४ किटक्याड प्रोसेसर समेत रहेको हुँदा फोनमा हुने दैनिक काम र सबै प्रकारका मल्टिमिडिया सहजै चलाउन सकिने छ ।

यो स्मार्टफोनमा ५ इन्चको डिस्प्ले रहेको हुँदा गेम खेल्न, भिडियो तथा फोटो हेर्न मज्जा आउने छ । यसमा एलइडी फ्लास सहितको ८ मेगापिक्स प्राइमेरी क्यामेरा र २ मेगापिक्सल फ्रन्ट क्यामेरा जडान गरिएको छ । जुन क्यामेराबाट भर्टिकल र होरिजेन्टल पानारोमा फोटो खिच्न सकिन्छ ।

यसमा १ जीबी र्‍याम, ८ जीबी रोम रहेको छ भने ३२ जीबीसम्म मेमोरी विस्तार गर्न सकिन्छ । २००० एमएएच क्षमताको व्याटि्र प्रयोग गरिएको हुँदा मोबाइलमा भएका फिचरहरु लामो समयसम्म चलाउन सकिने कम्पनीले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment