Comments Add Comment

बिल गेट्सलाई चुनाैती दिँदै फेसबुक मालिकले टाउकोमा चिसो पानी खन्याए (भिडियो सहित)

facebookसामाजिक संजाल फेसबुकमा अहिले हिउ जस्तै चिसो पानी टाउकोमा खन्याउने अभियान नै चलेको छ । दी आइस बकेट च्यालेन्ट शीर्षकको उक्त अभियानमा धेरै सेलिब्रेटीहरु सहभागि भैसकेका छन् । फेसबुकका संस्थापक मार्क जुकरबर्गले पनि आफ्नो टाउकोमा एक बाल्टिन चिसो पानी खन्याएका छन् ।
अमेरिकाको न्युजर्सी राज्यका गभर्नर क्रिस क्रिस्टीले सुरु गरेको यो अभियान स्नायु सम्बन्धि रोग ए एल एस बाट पीडितहरुको सहयोगका लागि रकम जम्मा गर्ने उद्धेश्यमा केन्दि्रत छ ।
अभियानमा साथ दिँदै ३० वर्षे जुकरबर्गले निकै खुसीसाथ चिसो पानी खन्याएका छन् आफ्नो टाउकोमा ।
उनले टाउकोमा पानी खन्याएको भिडियो निकै चर्चित समेत बनेको छ । उनले भनेका छन्, ‘गभर्नर मैले तपाइँको चुनौति स्विकार गरेँ । अब म बिल गेट्स, मेरा फेसबुक सहकर्मी सेरिल स्याण्डबर्ग तथा नेटफि्लक्सका सिइओ रिड रिड ह्यास्टिङलाई चुनौति दिन गैरहेको छु ।’
पानी खन्याएपछि उनले पानी साँच्चीकै चिसो रहेकेा बताएका छन् ।
स्मरण रहोस् टाउकोमा पानी खन्याउने अभियानमा अमेरिकी राष्ट्रपति बाराक ओबामा पनि छानिएका थिए, तर उनले पानी खन्याएनन् र अभियानलाई आर्थिक सहयोग गरे ।
स्मरण रहोस् बेलायतको म्याकमिलन क्यान्सर सपोर्टले समेत यो अभियानलाई साथ दिएको छ । यसमा टेनिस स्टार एन्डी मरे लगायतको सहयोग छ ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment