Comments Add Comment

लिबियामा अलपत्र १२६ नेपालीको उद्दार

Nepalese-from-Libya

३१ साउन, काठमाडौं । लिबियाको सिर्त शहरस्थित एउटा निर्माण कम्पनीमा कार्यरत १२६ नेपाली कामदारको उद्दार गरिएको छ ।

त्रिपोलीमा रहेको भारतीय दूतावासको सहयोगमा उनीहरुलाई लिबियाबाट उद्दार गरी ट्युनिसिया ल्याइएको छ । त्यसमध्ये ५४ जना नेपाल फर्किइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र स्रोतका अनुसार भारतीय दूतावासले नेपालीहरुलाई ‘आउट पास’ लिन र त्यहाँबाट ट्युनिसियासम्म ल्याउन सहयोग गरेको हो । लिबियामा नेपाली राजदूतावास छैन् । लिबियासँग अन्तराष्ट्रिय हवाई सबन्ध बिच्छेद भएकाले इजिप्टमा रहेको नेपाली दूतावासका अधिकारी त्रिपोली पुगेर उद्दार गर्न सकेका थिएनन् ।

सिर्तबाट उद्दार गरि ट्युनिसिया लगिएका १२६ मध्ये अरु नेपालीहरु फर्किने क्रममा छन् । ती सवै आफ्नै खर्चमा नेपाल फर्किन लागेका हुन् ।

लिबियामा कार्यरत करिव २१० जना नेपाली नेपाली कामदारले उद्दारको माग गर्दै कायरोस्थित दूतावासमा सम्पर्क गरेका थिए । लिबियाली सुरक्षा निकाय र भारतीय दूतावाससँगको समन्वयमा ती सवैलाई फर्काउने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

‘आफै टिकट किन्न सक्नेलाई तत्कालै ट्युनिसिया पुर्‍याउने ब्यबस्था गरेका छौं’ परराष्ट्रका एक अधिकारीले अनलाइनखबरसँग भने-‘टिकट किन्न नसक्ने र बेखर्ची भएर अलपत्र परेकालाई के गर्ने भन्ने बिषयमा गृहकार्य भइरहेको छ ।’

लिबिया जान नेपाल सरकारले प्रतिबन्ध लगाएको भएपनि करिव ५ सय नेपाली कामदार अबैधानिक रुपमा कार्यरत रहेको अनुमान थियो । जसमध्ये केही द्वन्द्व चर्किन थालेपछि पहिले नै फर्किएका छन भने करिव २ सय जना कायरोस्थित दूतावासको सम्पर्कमा आएका छन् ।

बाँकी भने सर्म्पकमा आएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment