Comments Add Comment

इन्टरनेट नचल्नुमा माछा जिम्मेवार ! गुगलको प्रतिरोध

Shark-Fishविश्वमा बेलाबेलामा इन्टरनेटमा निकै जटिल खराबी आउने गर्छ । केही दिनअघि अनलाइन सपिङ साइट इबे उत्तरी युरोपभरि चल्दै चलेन । पासवर्ड सुरक्षण प्रणालीमा खराबी आएपछि माइक्रोसफ्टको अफिस ३६० समेत बन्द भयो ।

यो वर्षभरि नै विभिन्न इन्टरनेट साइटहरु पटक पटक क्रयास भइरहेका छन् । आखिर विश्वव्यापी रुपमा आउने यस्तो इन्टरनेटको खराबीको कारण के होला ? यसका विभिन्न कारण हुनसक्छन्, तर इन्टरनेट सेवामा आउने ‘लोडसेडिङ’ को एउटा मुख्य कारकतत्व समुद्रमा बस्ने माछा समेत रहेको खुलासा भएको छ ।

शार्क माछाले समुद्रको पिँधबाट ओछ्याइएका फाइबर अप्टिक नेटवर्कका तार काटेपछि इन्टरनेटमा जटिल खराबी आउने गरेको पाइएको हो । शार्क माछाको यस्तो बदमासीबाट आजित बनेपछि गुगलले समुद्रमा ओछ्याइएका तारको सुरक्षाका लागि विशेष कडा पदार्थले केवल लेपन गर्ने घोषणा गरेको छ ।

निकै शक्तिशाली दाँत हुने शार्क माछाले समेत काट्नै नसक्ने उक्त कडा पदार्थले समुद्रमा विछ्याइएको झण्डै १ लाख माइल फाइबर अप्टिक केवल लेपन गर्ने गुगलले जनाएको छ ।

समुद्रमुनि रहेको फास्टर नामको आफ्नो फाइबर अप्टिक केवल प्रणालीको सुरक्षाका लागि विशेष कडा पदार्थले लेपन गर्न लागिएको गुगलको प्रडक्ट म्यानेजर डान बेल्चनरले घोषणा गरे ।

अप्टिकल फाइबरलाई शार्क माछाबाट बचाउन तार लेपन गर्ने गुगलको योजना सम्बन्धि सामाग्री डिस्कोभरी च्यानलको शार्क सप्ताह कार्यक्रममा प्रस्तुत गरियो ।

यसलाई गुगलले आफ्नो टि्वटर मार्फत समेत पुष्टि गरेको छ । गुगलले शार्कबाट बचाउन फाइबर अप्टिक केवललाई लेपन गर्ने योजनालाई शार्कन्याडो भनेको छ ।

फाइबर अप्टिक केवलले परम्परागत तामाको तारले भन्दा निकै तिब्र गतिमा डाटा ट्रान्सफर गर्छन् र यसमा लेजरको प्रयोग गरिन्छ । यद्यपि यसको सिसाको संरचनाका कारण छिटै बिग्रने जोखिम हुन्छ ।

 यसरी काट्ने रहेछ माछाले तार (भिडियो)-

समुद्रमा रहने विद्युतिय उपकरणमा शार्कले गर्ने आक्रमणको घटना सामान्य हो । शार्क माछामा विद्युतीय तरंग थाहा पाउने विशेष प्रकारको संवेदना शक्ति हुन्छ । त्यसैले त्यस्ता तारबाट बहने विद्युतिय तरंग थाहा पाउने र त्यसतर्फ आकषिर्त भएर तारलाई काट्ने र क्षति पूराउने काममा शार्क माछा संलग्न रहने गरेको पाइएको छ ।

वैज्ञानिक अध्ययनले पूरानो प्रविधिका तार भन्दा शार्क माछाले फाइबर अप्टिकको स्वाद समेत निकै मन पराउने देखाएको छ । शार्कले अप्टिकर फाइबर काटेर इन्टरनेट अवरुद्ध भएको घटना पहिलोपटक आजभन्दा २९ वर्षअघि घटेको थियो ।
अहिले पनि ५५ देखि ६० हजार माइल पूरानो तामाको तार समुद्रमा ओछ्याइएको छ । तर,  त्यसलाई शार्कले काटेको रेकर्ड छैन । यसबाट शार्कले पुरानो तारभन्दा अप्टिकल फाइबर बढि मन पराउने गरेको फोब्र्सले उल्लेख गरेको छ ।

फोर्ब्स, मिररगार्जियनको रिपोर्टमा अाधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment