Comments Add Comment

नयाँ आइफोनको नाम ‘आइफोन एल’, यस्तो हुनेछ नयाँ आइफोनको ढाँचा

iphone_l-new-designएप्पलले आफ्नो परम्परा तोड्दै यो वर्ष दुर्इ फरक स्क्रिनका फरक-फरक फोन बजारमा ल्याउँदैछ । विभिन्न रिपोर्टहरुका अनुसार एप्पलले एउटा ४.७ इन्च र अर्को ५.५ इन्च मोडेलका गरि दुई थरि आइफोन बजारमा ल्याउने तयारी गरेको छ ।
दुई फरक फोन एकैपटक बजारमा ल्याउने भनेपछि एप्पललाई फोनको न्वारान गर्न हम्मे हम्मे पर्ने नै छ । यसको सुरुको नाम आइफोन हुने त पक्का नै छ तर पछाडिपट्टि झुण्डिने नाम भने के हुनेहोला ? धेरैको उत्सुकता छ ।

अहिलेसम्म आइफोनका आइफोन, आइफोन थ्री, आइफोन थ्री जी एस, आइफोन फोर, आइफोन फोर एस, आइफोन फाइभ, आइफोन फाइभ एस र आइफोन फाइभ सी बजारमा आइसकेका आइफोनका मोडेल हुन् ।

तर, आइफोनको छैटौँ पुस्ता बजारमा आउने तयारी सँगै यसको नाम तथा मोडलमा पनि केही फरकपना हुने बताइएको छ ।

त्यस्तै एप्पलले अहिलेसम्म ९.७ इन्चको आइप्याडको नाम आइप्याड एयर तथा ७.९ इन्चको आइप्याडको नाम आइप्याड मिनी राखेको छ । ठूलो साइजको आइप्याडको नाम वेअर्थी आइयाड एयर त्यति नसुहाएको टिप्पणी समेत भयो । त्यसैले ५.५ इन्चको नयाँ आइफोनको नाम आइफोन एयर राखेमा पनि त्यो हाँसोउठ्दो हुने तर्क कतिपयको छ ।

leaked-image-of-iphone-6
लिक भएको भनिएका अाइफोन ६ का डिस्प्ले ।

त्यसैले अब एप्पलले के गर्ला ? सूचना प्रविधि सम्बन्धि एक साइटका अनुसार एप्पलले आफ्नो नयाँ ५.५ इन्चको आइफोनको नाम ‘आइफोन ६ एल’ राख्ने भएको छ । यहाँ एल को अर्थ लार्ज अथवा ठूलो भन्ने हो । त्यस्तै ४.७ इन्चको आइफोनको नाम आइफोन सिक्स मात्र रहने दाबी गरिएको छ ।

यस्तो नामाकरण अलिक मजाक त हुनेनै छ तर आइफोन एयर राख्नुभन्दा आइफोन लार्ज राख्नु तर्कसँगत भने हुनेछ । किनकी आइफोनको नामका पछाडि झुण्डिने एयर अर्थात हावाको कुनै अर्थ छैन ।

वास्तवमा यो एयर भन्ने शव्द म्याकबुक एयरबाट लिइएको हो जो एकदमै हलुका ल्यापटप हो एप्पलको । आइफोन पनि अवश्य नै हलुका छ । तर नयाँ आउने आइफोन मध्ये ठूलो साइजको आइफोन अवश्य पनि अर्को भन्दा हलुका हुनेछैन । त्यसको यसको नाम आइफोन एयर राख्नु सुहाउने छैन् ।

एप्पलका ब्रेकिङ समाचारहरु खुलासा गर्ने दाबी गरिएको साइट नाइन टू फाइभ म्याकले एप्पल डेली अनलाइनलाई उधृत गर्दै यस्तो दाबी गरेको छ । एप्पल डेलीले नयाँ आइफोनका तस्वीर दाबी गर्दै केही अपुष्ट तस्वीरहरु समेत सार्वजनिक गरेको छ । तर एप्पलले भने यसको विषयमा कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन ।

स्रोतः बिजनेस इनसाइडर, नाइन टु फाइभ म्याकटाइम्स अफ इन्डिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment