Comments Add Comment

गजल महोत्सव शुक्रबारदेखि

अन्तर्राष्ट्रिय गजल महोत्सव शुक्रबारदेखि ललितपुरमा सुरु हुने भएको छ । अनाममण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको संयुक्त आयोजनामा हुन लागेको महोत्सवका लागि झण्डै ३०० गजलहरू प्राप्त भइसकेको गजलकार घनेन्द्र ओझाले जानकारी दिए ।

महोत्सवमा विभिन्न देशमा रही नेपाली भाषामा गजल लेख्ने प्रवासी नेपाली र अन्य देशका नागरिकले नेपाली भाषामा लेखेका नेपाली गजललाई प्रस्तुत गरिने छ । महोत्सवमा नेपालसहित भारत, भुटान, बर्मा, पाकिस्तानका गजलकारको उलेख्य मात्रामा सहभागिता रहनेछ ।
विसं १९४० को दशकदेखि नेपाली गजल लेख्न सुरु भएको भए पनि अहिलेसम्म नेपाली गजलले फड्को मार्न सकेको छैन ।

अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका महासचिवसमेत रहेका गजलकार ओझाका अनुसार नेपाली गजल क्षेत्रमा योगदान दिने व्यक्तिहरूलाई सम्मेलनमा पुरस्कृत पनि गरिने छ । अमेरिकी डलर ३००, २०० र १०० का तीनवटा पुरस्कार दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment