Comments Add Comment

‘युवा वर्ष मोती पुरस्कार’ नेपाल र पण्डितलाई

राष्ट्रिय युवा सेवा कोषले यसवर्षको ‘युवा वर्ष मोती पुरस्कार’ रत्नमणि नेपाल र शशी थापा पण्डितलाई संयुक्तरुपमा प्रदान गरेको छ ।

नेपाली शिक्षा परिषद्ले राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको १४९ औँ जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे तथा कोषका अध्यक्ष भीमबहादुर अधिकारीले २५/२५ हजार तथा स्वर्ण पदक र सम्मानपत्र दिरे ।

कार्यक्रममा राष्ट्रकवि घिमिरेले आदिकवि भानुभक्तको जीवनी लेखेर नेपालीलाई भानुभक्तको परिचय भट्टले गराएको भन्दै युवा अवस्थामा भाषा र साहित्य तथा नाटकको विकासका लागि सक्रिय भई भट्टले योगदान गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment