Comments Add Comment

एकल महिलालाई तीजको कोशेली

ankura
११ भदौ, पोखरा । हरिदेवी कोइराला साहित्य तथा सङ्गीत सम्मान कोषले आङ्कुरा सङ्क्रमित तथा एकल महिला समूहलाई ‘तीजको कोशेली’ प्रदान गरेको छ।
कोषका संरक्षक रामबहादुर कोइरालाले मङ्गलबार कास्कीको पुरञ्चौर स्थित आँकुरा सङ्क्रमित तथा एकल महिला समूहकी अध्यक्ष लक्ष्मी अधिकारीलाई ‘तीजको कोशेली’ हस्तान्तरण गरेका हुन्।

अरु महिला तीजको बेेलामा रमाई रहँदा सङ्क्रमित तथा एकल महिला पनि विमुख हुन नपरोस् र चाडका नाममा हुने अनावश्यक खर्च कटौति गरी असाहायहरूलाई सहयोग गर्नु पर्छ भन्ने लोकगायिका हरिदेवी कोइरालाको सदिच्छानुसार कोषले विगत छ वर्षदेखि समूहलाई निरन्तर ‘तीजको कोशेली’ प्रदान गर्दै आएको छ।
समूहलाई कोसेलीको रुपमा दाल, चामल, घिउँ, तेललगायतका खाद्य सामग्री प्रदान गरिएको हो।

समूहकी अध्यक्ष लक्ष्मी अधिकारीले कोषबाट निरन्तर सहयोग प्राप्त भइरहेकोमा खुसी व्यक्त गरिन्। उनले सहयोगको निरन्तरताको अपेक्षा गर्दै संस्थालाई धन्यवाद पनि दिइन्।
कोषका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले सङ्क्रमित तथा एकल महिलाहरूको अवस्थाबारे जानकारी लिदै अन्य संघ-संस्थाबाट पनि सहयोग जुटाउन पहल गर्ने आश्वासन दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment