Comments Add Comment

पोखरा पुगे ‘बिर्खे’, नेपाली शैलीको फिल्म बनेको दाबी

subash-thapa
भाद्र २० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बिर्खेलाई चिन्छस्’का निर्माता तथा कलाकार सुवास थापा पोखरा पुगेका छन् । पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले नेपाली शैलीमा मनोरञ्जनात्मक सिनेमा बनाएको बताए ।

उनले नेपालको बर्तमान परिवेशलाई सांकेतिक रुपमा ब्यङ्ग्य चलचित्र मार्फत गर्न खोजेको जानकारी दिए । नेपालमा कस्तो कथामा कति लगानी गरेर सिनेमा बनाउनुपर्छ भन्ने आफूलाई थाहा भन्दै उनले त्यसै अनुसार चलचत्रि बनाएको दाबी गरेका छन् ।

उनले व्यापार दर्शकको हातमा भएपनि समिक्षकको सकारात्मक प्रतिक्रिया आउने बताए । चलचित्रमा मनोरञ्जन र बौद्धिकताको सन्तुलन मिलाइएको सुवासको भनाई छ । अराज केशव गिरीको निर्देशनमा तयार भएको चलचित्रमा सुवासका साथमा आयुषा राइको मुख्य भूमिका छ । चलचित्रलाई जगदिश्वर थापाले लेखेका हुन् । चलचित्रको रमाइलो प्रचार शैलीका कारण दर्शकका उत्सुकता पैदा भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment