Comments Add Comment

महिलालाई पीडा दिने पुरुषका लागि हैन ब्रत : गरिमा पन्त

garima-panta
नायिका गरिमा पन्त आज जीवनमै पहिलो पटक ब्रत बस्दैछिन् । तीजको अवसर पारेर नेपालभरका महिलाहरु ब्रत बस्दैछन् । अविवाहितहरुको चाहना राम्रो पति पाउँ भन्ने हुन्छ भने विवाहितहरुको चाहना पतिको आयू लामो होस् भन्ने हुन्छ ।

नायिका गरिमा पन्तको चाहना भने फरक छ । उनले जीवनमा नै पहिलो पटक किन ब्रत बसिन् त, अनलाइनखबरसँगको भेटमा उनले भनिन्-‘अहिलेसम्म अल्लारे नै भइयो । अब आफ्नो परम्परा र रीतिरिवाजलाई पनि अगाडि बढाउनुपर्छ । हामीले नै परम्परालाई वास्ता नगर्ने हो भने भोलीको पुस्ताले त सबै बिर्सन्छ ।’

अविवाहित गरिमाले असल पति पाउँ भनेर ब्रत नबसेको बताइन् । उनले भनिन्-‘नेपालमा सबैभन्दा बढी महिलाहरु पुरुषबाट पेलिएका छन् । सबैभन्दा धेरै महिला हिंसा नै यही हुन्छ । अनी त्यही पुरुषका लागि किन ब्रत बस्नु ?’

उनले ब्रत बसेपनि पानी पिउँन र फलफूल खान भने नछोडेको बताइन् । ‘स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ, यसैले केही नखाई ब्रत भने बसिन्’, उनले भनिन् । अविवाहित गरिमा पन्त यतिबेला एक यूवकको प्रेममा छिन् । यसैले अन्य विभिन्न कारण उनले दर्शाए पनि मन परेको मान्छेका लागि त ब्रत बसेकी हैनन्, प्रश्न उब्जनु स्वभाविक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment