Comments Add Comment

पार्वतीले भाउ खोजेपछि शंकरले भिडियो नखेलाउने

sankar-and-parbati
तीजको दिन पोखराको लामाचौरमा भैरहेको तीज कार्यक्रममा नाँच्नमा ब्यस्त थिए शंकर बिसी । गायक रामजी खाँण, मोडल रश्मी तामाङ र सम्झना लामिछाने पनि सोही कार्यक्रममा थिए । थुप्रै तीज गीतका म्युजिक भिडियोमा नाचेका शंकर बुधवार भने तीज गीतको मैजारो गर्दै थिए । ‘यहीवाट यसपालीका लागी गीतको मैजारो गर्न लागेका छौं ।’ शंकरले भने ।

मोडल पार्वती राइसँग थुप्रै भिडियोमा अभिनय गरेका शंकरले यसपटकको तीजमा उनलाई वास्ता गरेनन् । शंकरसँग पार्वतीले पारिश्रमिक धेरै मागेपछि सम्बन्ध चिसिएको समाचार समेत बाहिर आएका थिए । शंकरले भने-‘पहिले पहिले दाई मलाई भिडियो खेलाइदिनु पर्‍यो भन्दै आउँथिन् तर अहिले भाउ खोज्न थालिन् ।’ अब भिडियोमा पार्वतीसँग काम गर्ने संभावना ज्यादै न्यून रहेको उनले सुनाए ।

नवआदर्श क्लबले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुगेका शंकर  तीज कार्यक्रममा पुरुषहरुको पनि उपस्थिती बढ्दै गएको महसुस् गर्दै थिए । ‘तीस प्रतिशत पुरुषहरु छन् कार्यक्रममा यो आफैमा राम्रो हो जस्तो लाग्छ मलाई ।’ अनलाईनखबरसंग कुरा गर्दै शंकरले भने ।

म्युजिक भिडियोको निर्देशन एवं अभिनयमा सक्रिय शंकर पछिल्लो समय तीज संग जोडिएका कलाकार हुन् भने महिला कलाकारका पि्रय पनि । पाँच वर्ष अघि ‘टलक्कै ऐना टल्क्यो बरिलै..बोलको गीत नै उनले मोडलिङ एवं निर्देशन गरेको पहिलो तीज गीत हो ।  त्यसपछि त हरेक वर्ष तीन दर्जन भन्दा बढी गीतको भिडियो निर्देशन गर्न थाले । यो वर्ष पनि उनले ३८ वटा भिडियो बनाएका रहेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment