Comments Add Comment

चन्दले प्रधानमन्त्रीलाई भने-आधिकारिक अध्यक्ष मै हुँ

१२ भदौ, काठमाडौं । राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर पार्टीको आधिकारिक अध्यक्ष आफू भएको बताएका छन् ।

हालै सत्तारुढ दलको बैठकमा प्रधानमन्त्रीले पशुपतिशम्शेर राणालाई बोलाएका थिए । लगतै चन्दसहितका नेताहरुले बिहीबार प्रधानमन्त्रीलाई भेटी चन्द आधिकारण अध्यक्ष भएको भन्दै अब हुने बैठक तथा परामर्शहरुमा आफूहरुलाई बोलाउन आग्रह गरेका छन् ।

‘महाधिवेशनले आलोपालोको क्रम बनाएको र अहिले चन्दको पालो भएको बतायौं’ नेता परशुराम खापुङले अनलाइनखबरसँग भने-‘प्रधानमन्त्रीलाई अब चन्दसँग परामर्श गर्नुहोला भनेका छौं ।’

भेटमा चन्दसहितका नेताहरुले संविधान निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न सरकारलाई सुझाव दिएका छन् भने बाढी पीडितहरुलाई दिएको राहत अपर्याप्त भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment