Comments Add Comment

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता अपरिवर्तनीय नहुने

१३, भदौ काठमाडौं । नयाँ संविधानमा राष्ट्रियतासम्वन्धी विषय मात्र असंशोधनीय रहने भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, प्रेस स्वतन्त्रतासहितका विषयलाई प्रस्तावनामै राखिए पनि संशोधन गर्न सकिनेछ ।

संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको ‘ट्रयाक-२’ अन्तरगत अनौपचारिक छलफलले नयाँ संविधानमा रहने संशोधन गर्न सकिने र अपरिर्वनीय धाराहरुको टुङ्गो लगाएको हो । ‘सबैले स्वीकार गरेको मुलुकको भौगोलिक अखण्डता, सर्वभौमसत्ता, स्वाधीनतालाई अपरिर्वतनीय धारामा राख्ने सहमति भएकोछ’ सभासद लक्ष्मणलाल कर्णले अनलाइनखबरसँग भने ।

संघीय लोकतान्त्रिक गणतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार, आवधिक निर्वाचन लगायतलाई नयाँ संविधानको प्रस्तावनामा राखिनेछ । तर, यसलाई संशोधन गर्न सकिनेछ । ‘दुई तिहाइले संशोधन गर्नसक्छ, तर, जनमत संग्रहबाट अनुमोदन गराउनु पर्नेछ’ कर्णले भने ।

बैठकले संविधानको संक्रमणकालीन भागमा रहने केही व्यवस्थामा पनि सहमति गरेको छ । सहमतिअनुसार वर्तमान संविधानअनुसार भएका नियुक्तिहरुले नयाँ संविधान जारी भएपछि निरन्तरता पाउनेछ ।

यस्तै नयाँ संविधान अनुािर संसदको पहिलो चुनाव भएर पहिलो अधिवेशन सुरु नभएसम्म अहिलेकै संसदलाई निरन्तरता दिन दलहरु सहमत भएका छन् । नयाँ संविधानको नाम नेपालको संविधान राख्ने उपसमितिको प्रस्तावमा दलहरुले सहमति जनाएका छन् । 

संघीयतालाई पनि ‘अपरिवर्तनीय’ मा राखिएन : केसी

धर्म निरपेक्षतालाई संशोधनीय वा अपरिर्वतनीय के बनाउने भन्ने टुङ्गो लागेको छैन । तर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता र धर्मनिरेक्षता र संघीयता दुबैलाई अपरिवर्तनीयमा नराखिएको बताए ।

‘देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता अपरिवर्तनीय रहने’ भनिएको छ, यसमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई पारिएको छैन,’ नेता केसीले अनलाइनखबरसँग भने, ‘तर, यसमा अन्तिम निर्णय भएको होइन, ‘ट्रयाक-२’ अन्तरगतको छलफल मात्रै हो, औपचारिक निर्णय हुन बाँकी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment