Comments Add Comment

गार्इको मालिक्नी पत्ता लगाउन डीएनए टेष्ट

cowशशिलेखा विरुद्ध उनकी छिमेकी गिताले गाइ चोरेको आरोप लगाइन् । गिताको उजुरीको आधारमा शशिलेखा विरुद्ध अदालतमा मुद्दा पनि चल्यो । अदालतमै गाइलाई समेत उपस्थित गराइयो । गाइ चोरीको अभियोगमा चलेको मुद्दाका सुनुवाइका क्रममा न्यायाधीशले शशिलेखालाई ४५ हजार भारु धरौटीमा छाड्ने आदेश दिए र मुद्दाको अन्तिम टुंगो नलागुन्जेलसम्मका लागि शशिलेखाले गाइ आफ्नो घरमा लग्न पाउने भइन् ।

तर यी दुइ छिमेकी महिला बीचको गाइ चोरीको मुद्दाको अहिलेसम्म पनि टुंगो लागेको छैन । यो भारतको केरलाको घटना हो । अघिल्लो वर्षदेखि त्यहाँको अदालतमा यो मुद्दा चलिरहेको छ । आफुसँग रहेका १५ वटा गाइमध्ये कार्तिका नामकी गाइकी आमालाई शशिकलाले चोरेर आफ्नो घरमा लगेको दाबी गिताको छ । तर गिताले भने त्यो आरोप अस्विकार गर्दै उक्त गाइ आफ्नै भएको जिकिर गरेकी छिन् ।

अन्ततः गाइको खास मालिक पत्ता लगाउनका लागि अदालतले  उक्त गाइको डि एन ए परीक्षण गराउन आदेश दियो । डि एन ए परीक्षणको रिपोर्टले गिताको दाबीलाई पुष्टि गरेन । अर्थात् शशिलेखाले चोरेको भनिएको गाइ र गिताको घरमा रहेको उक्त गाइको छोरीको डि एन ए म्याचिङ गरेन ।

अब अदालतलाई भने यो मुद्दामा फैसला गर्न सहज भएको छ । डि एन ए रिपोर्ट नेगेटिभ आएपछि आफ्नो गाइ चोरी चोरी गरेको भन्ने गिताले गरेको दाबी प्रमाणित नहुने पक्का पक्की भएको छ । शशिलेखाका वकिल चन्द्रा बाबुले अब अदालतले यो मुद्दामा छिटै अन्तिम फैसला सुनाउने र उक्त गाइ शशिलेखाकै रहेको फैसला गर्ने बताएका छन् । त्यसपछि शशिलेखाले मानहानी तथा आफुलाई भएको क्षतिको असूल उपर गर्नका लागि गिता विरुद्ध मुद्दा हाल्नेछिन् ।

डि एन ए टेष्ट गरी जनावरको मालिक पत्ता लगाइएको भारतको इतिहासमै पहिलो घटना भएको बीबीसी हिन्दीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment