Comments Add Comment

काठमाण्डौमा पहिलोपटक एरिअल डान्स

ariyal

काठमाडौ । नेपाः डान्स एकेडेमीले आफ्नो संस्थामा नृत्यमा प्रशिक्षण लिइरहेका २५० भन्दा बढी प्रशिक्षार्थीहरुलाई शनिबार राष्ट्रिय नाच घरको डबलीमा उतारेको छ ।
नेपालमा पहिलो पटक एरिअल डान्स सहित बिबिध २५ वटा आकर्षक नृत्य समाबेश एनडिए. डान्स फेस्टिव सिजन ३ मा लोकपि्रय कलाकारहरु दिया मास्के, यमबुद्घ, डिआइडि लिटिल मास्टरका उपबिजेता ओम छेत्री, क्लिनिक प्लस हेअर कन्टेस्टका राष्ट्रिय बिजेता श्रृस्टि महर्जन लगायतले आ-आफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रममा नृत्यका विद्यार्थीहरुका आमाहरुले फेशन शो प्रस्तुत गरेका थिए । फेशन शोमा नमुना कलेज अफ फेशनका भाइस प्रिन्सिपल जिबेश्वरलाल श्रेष्ठ तथा फेशन डिजाइनर सुभेच्छा भदेल निर्णायकका रुपमा थिए । नेपाः डान्स एकेडेमीका अध्यक्ष्य रोहिया महर्जनका अनुसार कार्यक्रममा बर्षभरी उत्कृष्ट प्रतिभा प्रदर्शन गरेका बिद्यार्थीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बरिष्ठ नृत्य प्रशिक्षक हनी श्रेष्ठ, समाजसेवी पूर्णकाजी ज्यापू, प्रतिभाशाली बालिका श्रृस्टि महर्जन तथा डिआइडि लिटिल मास्टरका उप बिजेता ओम छेत्रीलाई कार्यक्रमका प्रमुख अतिथि सभासद् नविनराज जोशीले सम्मान गरेका थिए ।

एन.डि.ए. कीड्स मेगा डान्स रियालिटी शो का प्रस्तोता जोडी सुनिता डंगोल र यज्यू श्रेष्ठले कार्यक्रमलाई सिजन १ देखि नै रोचक ढंग ले प्रस्तुत गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment