Comments Add Comment

श्रीकृष्णलाई सम्झंदै एनएफडीसी अवार्ड

shreekrishna
काठमाडौ । दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठप्रति श्रद्धान्जलि व्यक्त गर्दै एनएफडीसी चलचित्र अवार्ड गरिने भएको छ । भदौ २१ गते काठमाडौंमा हुने कार्यक्रममा श्रीकृष्ण अभिनित फिल्मका गीतमा दिलिप रायमाझी, केकी अधिकारी, एन्नी कुँबर, सुजाता कोईराला, रिस्ता बस्नेत लगायतका कलाकारले नृत्य गर्ने छन् ।

आयोजक संस्था गोपीकृष्ण मुभीजका अनुसार पुराना अभिनेता रमेश उप्रेति र करिश्मा मानन्धरलाई विषेश रुपमा प्रस्तुत गरिने भएको छ । कुनै समयमा चर्चित अभिनेता उप्रेति पनि अहिले नेपालमा नै छन् । उनले सिनेमा बनाएर मात्र अमेरिका र्फकने बताएका छन् ।

यी दुईलाई केही गीतमा सँगै नचाउने तयारीमा आयोजक संस्थाले गरेको छ । केही भारतीय कलाकारलाइ अतिथीको रुपमा बोलाईने भएपनि को – को कलाकार आउने भन्नेमा आयोजक संस्थाले जानकारी दिन सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment