Comments Add Comment

राजकुमारको आक्रोश-‘म ‘भाइरस’ कसरी, नगर भने गर्दिन’

rajkumar-rai
संचारमन्त्री मिनेन्द्र रिजाललाई भेटेर केही सिनेकर्मीले चलचित्रकर्मीको बर्गीकरणको बिषयलाई अगाडि उठाएपछि यतिबेला नेपाली सिने बजारमा दुई चिरा देखिएको छ । चलचित्र कलाकार संघले आफूलाई खबरै नगरी यस्ता कार्य अगाडि बढाएको भन्दै सिने नगरीमा ‘भाइरस’ पसेको जनाएको छ । संघका अध्यक्ष नवल खड्काले सिने नगरीमा ‘भाइरस’ पसेको र केही व्यक्तीहरु मन्त्रीको ढोका ढुकेर बसेको अभिव्यक्ती दिएका थिए ।

यस बिषयमा अनलाइनखबरसँग कुरा गर्दै चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राइले आफू कसरी ‘भाइरस’ भएँ भन्दै प्रश्न गरेका छन् । राजकुमारले नवलप्रति इङ्िकत गर्दै भने-‘कुरै नवुझी बोल्नु भन्दा अगाडि सोच्नु पर्ने हो । हामीले मन्त्रीलाई भेटेर बर्गीकरणको बिषयलाई उठान गरेका हौं । अब सबै संघसंस्थासँग बसेर कसरी काम अगाडि बढाउने छलफल गर्छौ ।’

राजकुमारले नायक श्रीकृष्ण श्रेष्ठको श्रद्धाञ्जली सभामा पनि राजनीति भयो भन्दै कुरा गर्ने नवलले स्वस्फूर्त रुपमा अगाडि आउन किन सकेनन् भन्दै प्रश्न गरेका छन् । उनले भने-‘हामी कसैले पनि सल्लाहा गरेर श्रीकृष्णलाई सम्मानको लागि पहल गरेका हैनौ । सबै साथीहरु आफै भेला भएर यो कदम उठाइएको हो । त्यो बेला नवल किन आउन सकेनन् ?’

राजकुमारका अनुसार चलचित्र संघका अध्यक्ष नबल खड्काले अहिले नै आत्तिनु पर्ने अवस्था छैन । ‘बर्गीकरणले सबैभन्दा बढी फाइदा कलाकार नै दिन्छ । यसैले बसेर छलफल गर्नु नै छ, हल्ला किन ?, राजकुमारले भने । उनले काम गर्ने मान्छेलाई अवरोध नगर्न र आफूहरुले गरेको काम वेठिक छ भन्ने सुझाव आएमा अगाडि नै नबढ्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment