Comments Add Comment

४८ हजारको नाम ‘मोहम्मद’

mohammad

त्यो देश जहाँ युरोपको सबैभन्दा ठूलो इस्लाम विरोधी संगठन छ तर सो देशको राजधानीमै धेरै पुरुषको नाम मोहम्मद छ । सुन्दै आश्चर्य लाग्नसक्छ । तर नर्वेको राजधानी ओस्लोमा पुरुषहरुको लागि मोहम्मद निकै लोकपि्रय नाम बनेको छ । त्यहाँका ४८ हजार भन्दा बढि पुरुषको नाम मोहम्मद छ

हालै भएको जनगणनाले यस्तो तथ्य प्रकाशमा ल्याएको हो ।
मोहम्मद यस्तो लोकपि्रय बनेकेा छ की यसअघि पुरुषले राख्ने अन्य अंग्रेजी नामहरुलाई पछाडि पारेको छ । आमाबुवाले छोरा जन्मिसकेपछि राख्ने पहिलो रोजाइको नाम मोहम्मद नै बनेको छ ।

अन इस्लाम वेबसाइटका अनुसार सन् २०१२ मा नर्वेको कुल जनसंख्या ४५ लाखमध्ये डेढ लाख मात्र मुस्लिम थिए, जो पाकिस्तान, सोमालिया, इराक तथा मोरक्कोबाट आएका हुन् । देशभरमा डेढ लाख मात्र मुस्लिम भएको देशको राजधानीका ४८ हजार पुरुषको मुस्लिम नाम मोहम्मद हुनु निकै रोचक कुरा हो ।

नर्वेमा युरोपको सबैभन्दा ठूलो इस्लाम विरोधी संगठन स्टप इस्लामिजेसन अफ नर्वे समेत स्थापित छ । ३ हजार भन्दा बढि सक्रिय सदस्य रहेको यो चरमपन्थी संगठन सन् २००८ मा स्थापना भएको थियो ।

ओस्लोमा मोहम्मद लोकपि्रय भएपनि ओस्लो बाहिर भने बच्चाको फिलिप तथा बच्चीको नाम एम्मा राख्न आमाबाउ लालायित हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment