Comments Add Comment

मिस युके नेपालको उपाधि निआलाई

ध्रुबराज अर्याल

Miss-uk-nepal-2
लण्डन । चौंथो मिस युके नेपाल २०१४ को ताज २० वर्षिया निआ देवानले जितेकी छिन । आइतबार अल्डरसटमा सम्पन्न फाइनलमा अन्य १० प्रतिस्पर्धीलाई उछिन्दै निआ बेलायतकी नेपाली वर्ष सुन्दरी घोषित भएकी हुन । प्रतियोगितामा २२ वर्षिया सुमी श्रेष्ठ फस्ट रनर अप तथा २० वर्षिया आर्या शर्मा सेकेण्ड रनर अप बन्न सफल भए ।

विजेताले ताजसागै आठ सय पाउण्ड नगद पुरस्कार प्राप्त गरिन भने पहिलो तथा दोस्रो रनर अपलाई क्रमश पाँच सय र तीन सय पाउण्डको पुरस्कार प्रदान गरियो । अल्डरसटको प्रिन्सेस हलमा आयोजित एक विशेष कार्यक्रममा कार्यवाहक राजदुत तेजबहादुर क्षेत्री, एनआरएन अध्यक्ष योगेन क्षेत्री, आयोजक इभन्ट एण्ड आइडियाजकी शान्ति गुरुङ  लगायतले विजेतालाई पुरस्कार प्रदान गरे । मिस युके नेपाल २०१२ दुर्गा गरुंगले निआलाई मिस युकेको ताज पहिराइदिइन ।

विजेता निआ पब्लिक हेल्थ विषयकी विद्यार्थी हुन । भविष्यमा चाइल्ड नर्स बन्ने लक्ष्य लिएकी उनी त्यससम्बन्धी अधययनका लागि आउादो महिना विश्वविद्यालय जाने तयारीमा छिन । नृत्य तथा गायनमा रुची राख्ने निआले फुर्सदमा रेडियोमा समेत बोल्ने गरेकी छिन ।

त्यसअघि विभिन्न पांच उपशिर्षकमा विजेता चयन गरिएको थियो । जसमध्ये अनलाइन भोटिंगका आधारमा रोजीना अर्यालले मिस फोटोजेनिकको उपाधि जितिन । त्यस्तै सुस्मिता थापाले मिस टयालेण्ट र मिस पर्सनालिटी शिर्षकका दुई पुरस्कार हात पारिन । मिस क्याटवाकको उपाधि निता तामांगले जितिन भने बेस्ट फिगरको पुरस्कार पनि प्रतियोगिताकै विजेता निआले प्राप्त गरिन ।

Miss-uk-nepal-1

Miss-uk-nepal-3
फोटो सौजन्यः नरेन्द्र बस्नेत

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment