Comments Add Comment

सिने क्षेत्रको चाडको रुपमा नेफ्टा अवार्ड, मिल्यो महंगो ब्रान्ड(फोटो फिचरसहित)

IMG_3574

अभिनय शिरोमणीको उपाधी पाएका निर शाहले ‘नेफ्टा अवार्ड’विना अब सिनेमा क्षेत्र नै अपुरो हुने बताइरहदा बन्दै गएको यसको ब्रान्डले पनि यही नै संकेत गरेको छ । ५ पटकसम्म नेपालमा अवार्ड आयोजना गरेको नेपाल चलचित्र प्राविधिक संघ छैटौ पटकदेखि भने विदेशी भूमिमा प्रवेश गर्‍यो ।

‘छैटौ अवार्ड’ निर्माता सुवास गिरीको पहलमा मलेसियामा गरेको नेफ्टाले सातौ पटक हङकङमा रहेका नेपालीहरुलाई रोज्ने निर्णय गरेको हो ।

नेपालका तर्फबाट चलचित्र प्राविधिक संघसँग एस के प्रोडक्शन सहकार्य गर्न आएको हो । निर्माता सुनिल कुमार थापाको पहलमा यसपटक हङकङमा सय भन्दा बढी कलाकारको उपस्थितीमा अवार्डको आयोजना हुन लागेको हो ।

आइतबार काठमाण्डौको पाँच तारे होटल एभरेष्टमा आयोजना भएको एक भव्य कार्यक्रममा नेफ्टासँग सहकार्य गर्दै रिद्धी सिद्धी ज्वेलर्सले ब्रान्ड बन्ने घोषणा गरेको हो । अब यो अवार्डको नाम ‘रिद्धी सिद्धीको सातौ नेफ्टा फिल्म अवार्ड’ बनेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले विदेशमा नेपाली फिल्मको अवार्ड हुनुलाई महत्वपूर्ण भने । यस्तै, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले आफूहरुले कुरा भन्दा पनि काम गरेर देखाउने बताए । उनले ‘हात्ती लम्कदै गर्छ, कुकुर भुक्दै गर्छ’ भन्दै कुरा काट्नेहरुले आफूहरुलाई केही असर नगर्ने बताए ।
IMG_3526 IMG_3625

नेपालबाट हङकङमा अवार्ड आयोजना गर्न नेफ्टासँग सहकार्य गरेका निर्माता सुनिल कुमार थापाले सुरुवातमा महंगो खर्चमा कार्यक्रम गर्न गाह्रो पर्ने लागेपनि अहिले सजिलो भएको बताए । रिद्धी सिद्धीको दरिलो साथले आफूलाई निक्कै सहज भएको उनको भनाई थियो ।

हङकङका लागि विनय शाह र उनको टिमले जिम्मा लिएको छ । खोटाङ सोसाइटी हङकङका अध्यक्ष तेज प्रसाद राईले नेपाली सिनेमा र कलाकारको सम्मानका लागि आफूहरु सधै नै लागिपर्ने बताए । यो अवार्ड आफूहरुको मात्र नभई हङकङ बस्ने सम्पूर्ण नेपालीहरुको आयोजना भएको उनको भनाई थियो ।

रिद्धी सिद्धीका सीइओ नरेन्द्रप्रसाद गुप्ताले अवार्डसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । नायक राजेश हमालले अवार्डलाई निरन्तरता दिनु नै आफैमा महत्वपूर्ण काम भएको भन्दै नेफ्टाको कामको प्रशंसा गरेका थिए । चलचित्र प्राविधिक संघबाट नै अभिनय शिरोमणीको उपाधी पाएका निर शाहले नेफ्टा अवार्ड चलचित्र क्षेत्रका लागि एउटा क्यालेन्डरको महत्वपूर्ण पर्व भएको बताए ।

उपस्थित अतिथीहरुलाई स्वागत मन्तव्य राख्दै चलचित्र प्राविधिक संघका महासचिव अनन्त तिमिल्सिनाले आफूहरुले काम गर्ने भन्दै अवार्डलाई प्रतिभा भएकाहरुको प्रतिस्पर्धाको रुपमा वुझ्न आग्रह गरे । ब्रान्ड घोषणा कार्यक्रममा सिने क्षेत्रका चर्चित नायिका, नायक, चलचित्रकर्मीहरु उपस्थित थिए ।

IMG_3669

IMG_3601 IMG_3610 IMG_3623

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment