Comments Add Comment

आर्यनलाई शिल्पाको मात लागेपछि(भिडियो)

aaryan-and-shilpa
अर्को एक सिनेमासँग प्रतिस्पर्धा गर्नु परेपछि निर्माता छविराज ओझालाई अप्ठ्यारो परेको आभाष आइतबार नै धेरैले गरेका थिए । तर, छविले चलचित्र ‘लज्जा’को प्रचारलाई अगाडि बढाउँदै आफ्नो ब्रान्ड र उत्कृष्ट सिनेमा बनाउने छविले चलचित्र चल्नेमा ढुक्क रहेको बताएका छन् ।
यसैअनुरुप, सोमबार चलचित्रको एक गीत सार्वजनिक गरिएको छ ।

रामचन्द्र काफ्ले र माण्डवी त्रिपाठीको आवाजमा समावेश ‘मात लाग्यो’ बोलको गीत सार्वजनिक गरिएको हो । किरण खरेलको गीतमा चेतन सापकोटाले संगीत भरेको यो गीत दर्शकको मुखमा झुण्डिने खालको छ । भिन्न शैलीमा छायांकन गरिएको गीतमा चलचित्रका मुख्य दुई कलाकार आर्यन सिग्देल र शिल्पा पोख्रेल फिचरिङ छन् ।

चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । नवल मन छुने सिनेमा बनाउने बिषयमा चर्चित छन् । उसो त छविले ‘लज्जा’लाई करिअरकै उत्कृष्ट सिनेमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment