Comments Add Comment

कलाकर्मीको ग्रेड छुट्टिँदै , गठन भयो कार्यदल

karisma-manandhar
सरकारले सेलिब्रेटी कार्ड वितरणका लागि कार्यदल गठन गरेको छ । संचारमन्त्रालयका सह-सचिव कविराज खनालको संयोजकत्वमा गठन भएको कार्यदलमा सिने क्षेत्रका चर्चित हस्तीहरु सदस्य छन् । राजेन्द्र सलभ, भरत शाक्य र नायिका करिश्मा मानन्धर सदस्य रहेको कार्यदलमा नारायण प्रसाद आचार्य सदस्य सचिव छन् ।

यो कार्यदलले भोली पत्र वुझ्नेछ । सरकारले कलाकर्मीहरुलाई ‘क’ र ‘ख’ बर्गमा विभाजन गर्दै कार्ड वितरण गर्ने तयारी गरेको छ । जसअनुसार, ‘क’ बर्गमा पर्नेलाई विशिष्ट र ‘ख’ बर्गमा पर्नेलाई साधारण कार्ड वितरण गरिनेछ ।

सरकारले यसैअनुसार कलाकर्मीहरुलाई विभिन्न ठाउँमा सुविधा र सुरक्षाको व्यवस्था समेत गर्नेछ । सरकारी भत्तामा नै कार्यदलका सदस्यहरुले काम गर्ने जनाइएको छ । कार्यदलले कलाकारहरुको बायोडाटा, उनीहरुले गरेको कामको मुल्यांकन गरि कसलाई कुन श्रेणीमा राख्ने भन्ने सुझाव सरकारलाई दिनेछ । सिने क्षेत्रका विभिन्न ९ संघसंस्थाको छलफलपछि यसलाई अन्तिम निर्णय दिइनेछ ।

अन्तिम निर्णय पश्चात सरकारले सबै कलाकर्मीको बायोडाटा समेटिएको एक पुस्तक पनि सार्वजनिक गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment