Comments Add Comment

सभामुखसँग चलचित्रकर्मीको गुनासो

film-karmi
काठमाडौ । चलचित्रकर्मीहरुले संविधानसभा अध्यक्ष सुभास नेम्वाङ समक्ष नेपाली चलचित्रलाई अभिब्यक्तिको माध्यमका रुपमा परिभाषित गरि मौलिक हकभित्र समावेश गरिदिन आग्रह गरेका छन् ।

अखिल नेपाल चलचित्रकर्मी संघको टोलीलले सोमवार सिंहदरवारस्थित कार्यालयमा पुगेर दुईबुादे ज्ञापनपत्र बुझाउादै सो आग्रह गरेका हुन् । त्यस्तै स्वदेशी चलचित्रलाई राज्यले राष्ट्रिय महत्वको संवेदनशील साास्कृतिक उत्पादनको रुपमा लिनु पर्ने आग्रह गरे ।
टोलीले सोमबारै छुट्टा छुट्टै समयमा संबैधानिक राजनितीक तथा संवाद समितीका सभापति डा. बाबुराम भट्टराई र एमाओवादी संसदिय दलका प्रमुख सचेतक गीरिराजमणी पोखरेलसंग भेट गरेका थिए ।

ज्ञापनपत्र बुझिसकेपछि सभामुख नेम्वाङ, र सभापति भट्टराईले संविधानमा सिनेमालाई मौलिक हकभित्र अटाउन पहल गर्ने आश्वासन दिए । अध्यक्ष केपी पाठकको नेतृत्वमा गएको टोलीमा एम एस अग्रज, रामेश्वर केसी, उदय सुब्बा, बिमला केसी लगायतका कलाकर्मीको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment