Comments Add Comment

सेन्सर नगरी च्यारिटी गराउन खोज्दा रोकियो ‘जोश’

joshबिना सेन्सर च्यारेटी शोको आयोजना गर्न लागेपछि चलचित्र ‘जोश’को निर्माणपक्ष तनावमा परेको छ । आज बिहान ९ बजे ललितपुरको गुण हलमा सिनेमाको च्यारेटी गर्न लागिएको खबर पाएपछि चलचित्र सेन्सर बोर्डले गृह मन्त्रालयलाई खबर गरेको थियो ।

खबर लगतै गृहले ललितपुर प्रहरीलाई खबर गरेको थियो । चलचित्र सेन्सर बोर्डका अध्यक्ष कविराज खनालले आफूहरुले रोक्न लगाइसकेको जानकारी दिए । यता, गुण हलले पनि सिनेमाको सेन्सर कपि दिन्छु भनेकाले च्यारेटीका लागि हल दिएको बताए ।

तर सेन्सर कपि नआएकाले सिनेमाको च्यारेटी रोकिएको छ । निर्देशक ऋषी न्यौपानेले संगीतकार कमलकृष्णको लापरवाहीले गर्दा सिनेमाको सेन्सर हुन नसकेको बताए । उनका अनुसार, कमलकृष्णले ‘जोश’ सिनेमाका लागि दिएको ‘सिरानीमा तिम्रो तस्बिर’ बोलको गीत अर्को एक चलचित्र ‘तगारो’लाई पनि दिएका रहेछन् ।

८ बर्ष अगाडि निर्माण भएर चल्न नपाएको यो सिनेमाका निर्माताले गीतको बिषयमा उजुरी हालेपछि चलचित्रको सेन्सर हुन नसकेको हो । सबै कागजतपत्र वुझाएपनि सिनेमाको सेन्सर हुन नपाएपछि च्यारेटीका लागि गरिएको सबै बन्दोबस्त अलपत्र परेको हो । यसले निर्मातालाई आउन केही रकम घाटा लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment