Comments Add Comment

रमेशको अंगालोमा करिश्मा,रीस्ता र सुष्मा पनि के कम-फोटो फिचरसहित)

IMG_3905
शनिबार आयोजना हुन लागेको ‘दोश्रो एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’को यतिबेला धमाधम तयारी भैरहेको छ । मंगलबार अनलाइनखबरको क्यामेरा गोपिकृष्ण कम्प्लेक्स पुग्दा नेपाली सिनेमाका कलाकारहरु नृत्य गर्दै थिए ।

कार्यक्रमलाई भव्य र सव्य बनाउन आयोजकले हरेक तयारीलाई अगाडि बढाएको छ । नायक रमेश उप्रेती ८ बर्षपछि नेपाली स्टेजमा नृत्य गर्न पाउँदा जती खुशी देखिएका थिए नायिका करिश्मा मानन्धर पनि उनीसँग स्टेज बाड्न पाउँदा दंग देखिन्थिन् ।

२० वटा विधामा वितरण गर्न लागिएको पुरस्कारका लागि कलाकर्मीहरु भिडन्त गर्दैछन् । यसपटक नायक श्रीकृष्ण श्रेष्ठलाई विशेष श्रद्धाञ्जली दिदै उनका गीतमा कलाकारले नृत्य गर्नेछन् । कलाकारहरु रिस्ता बस्नेत, सुष्मा कार्की, एनी कुँवर, केकी अधिकारी, निता पोख्रेल, पवित्रा आचार्यले नायक दिलिप रायमाझीको जोडी भएर नाँच्नेछन् ।
उत्कृष्ट निर्देशकले १ लाख पुरस्कार पाउँने यो अवार्डका अन्य विधाका विजेताले ५१ हजार नगद पुरस्कारसँग ट्रफी उचाल्नेछन् ।IMG_3805 IMG_3864 IMG_3887

रेमनदास श्रेष्ठ र नम्रता श्रेष्ठ, संयम पुरी र विल्सन विक्रम राइले कार्यक्रम संचालन गर्नेछन् । यसपटक बलिउडका चर्चित कलाकारहरु आउने चर्चा चलेपनि आयोजकले यसलाई नकारेको छ । यसपटक श्रृलङ्काबाट निर्माता, निर्देशक, कलाकारहरु आउने बताइएको छ ।

गतबर्ष लामो कार्यक्रमका कारण केही बोरिङ महशुश गरेका कलाकार तथा अतिथीहरुले यसपटक ‘एनएफडीसी फिल्म अवार्ड’मा यस्तो नहुने अपेक्षा गरेका छन् ।
काठमाण्डौको आर्मी अफिसर्स क्लबमा यो अवार्ड शनिबार ३ बजेपछि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment